हिमपहिरोले सडक अवरुद्ध

यदुप्रसाद भट्ट

मनाङ,२३ फागुन- आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१, ढुकुरपोखरीमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत पूरै अवरुद्ध भएको छ । 

ठुलै हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने प्रयास जारी छ, अलि जोखिमयुक्त भएको तथा पहिला पनि दुर्घटना भएकाले उच्च सतर्कताका साथ समन्वयमा काम भइरहेको छ ।” उहाँका अनुसार ढुकुरपोखरीमा गएको उक्त हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ । ठुलै पहिरो गएकाले सडक पूरै अवरुद्ध रहेको मनाङ प्रहरीले जनाएको छ । डोजरको प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन तथा सो हिमपहिरो पन्छाउन सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी बलका डिएसपी उदयराज न्यौपानेले ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो भएकाले पन्छाउन धेरै समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डोजरसहित हिमपहिरो पन्छाउन लागिपरेका छौँ । सकेसम्म रातसाँझ गरेर अवरुद्ध सडक खुलाउने हाम्रो प्रयास जारी छ ।” हिमपहिरोबाट कुनै पनि क्षति नभएको र सम्भावित क्षतिलाई रोक्न अवरुद्ध सडक खुलाउन लागिपरेको सशस्त्र प्रहरी ३२ नं. गुल्मले जनाएको छ ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिक रूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा पनि समस्या भएको प्रहरीले जनाएको छ । 

दैनिक रूपमा पाँच दर्जन पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । भीषण हिमपातसँगै आएको हिमपहिरोले जोखिम बढाएको उहाँले बताउनुभयो । यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतना अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । स्राेत गाेप 

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal