कार्य सम्पादन मूल्याङ्कनमा भीरकोट पहिलो
अर्जुन काफ्ले
स्याङ्जा,११ फागुन- स्थानीय सरकारले गरेको कार्य सम्पादन मूल्याङ्कनमा जिल्लाका ११ पालिकामध्ये भीरकोट नगरपालिका पहिलो भएको छ । कार्य सम्पादनलाई आधार बनाएर राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले गरेको मूल्याङ्कनमा भीरकोट पहिलो भएको हो ।
आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा भीरकोटले ४६ दशमलब २५ अङ्क प्राप्त गर्दैै जिल्लामै पहिलो भएको हो । यहाँको कालिगण्डकी गाउँपालिका ४३ दशमलब ०२ अङ्क प्राप्त गर्दै पालिकामा पहिलो र समग्रमा दोस्रो बन्न सफल भएको हो । ४२ दशमलब ३२ अङ्क प्राप्त गर्दै फेदिखोला गाउँपालिका तेस्रो भएको छ भने वालिङ नगरपालिकाले ४१ दशमलब ४९ अङ्क प्राप्त गरि चौथो भएको छ । ४१ दशमलब ३७ अङ्क प्राप्त गरेको गल्याङ् नगरपालिका जिल्लामा पाँचौ स्थानमा रहन सफल भएको आयोगले प्रकाशित गरेको प्रतिवेदनले देखाएको छ । आयोगले जारी गरेको प्रतिवेदनमा कार्य सम्पादनमा ३९ दशमलब ३३ अङ्क प्राप्त गरेको अर्जुनचौपारी गाउँपालिका छैटौं स्थानमा छ भने बिरुवा गाउँपालिकाले ३७ दशमलब ४० अङ्क प्राप्त गर्दै जिल्लाका पालिकामध्ये सातौं स्थानमा छ ।
आयोगले १० असारभित्र बजेट ल्याए/नल्याएको, ३० असारभित्र बजेट पास गरे÷नगरेको, घरजग्गा रजिष्ट्रेशन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन कर वापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रुपमा दिए/नदिएको लगायतका आधारमा मूल्याङ्कन गरेको देखिन्छ ।
यसअघि स्थानीय तह संस्थागत क्षमत स्वमूल्याङमा अर्जुन चौपारी गाउँपालिका पहिलो भएको थियो । स्थानीय तहले आगामी आवको आय/व्ययको प्रक्षेपणसहितको अनुमानित विवरण पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पठाए/नपठाएको, स्थानीय तहले बजेटको वार्षिक समिक्षा कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको जस्ता आधारमा अङक आयोग दिएको हो । गोप
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















