स्याङ्जा र बाग्लुङकाे फाइनल यात्रा तय

वालिङ,१२ फागुन- शनिबार भएको सेमिफाइनल खेलबाट स्याङ्जा र बाग्लुङले फाइनलको यात्रा तय गरेका हुन् । आज भएको सेमिफाइनलको दोस्रो खेलबाट बाग्लुङले पर्वतमाथि जीत निकाल्दै फाइनल प्रवेश गरेको हो  खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो । तर चौथो सेट पुनः बाग्लुङले हत्याएपछि पर्वतले तृतीय स्थानको लागि प्रतिस्पर्धा गनुपर्ने भएको छ । आजै स्याङ्जासँग पराजित भएको नवलपूर र पर्वतबीच तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी स्याङ्जा र बाग्लुङबीच प्रथम स्थानका लागि फाइनल खेल हुने छ । यी दुबै खेल भोलि १३ गते महोत्सव समापनका दिन गराइने खेल संयोजक राजन दर्लामीले जानकारी गराउनुभयो । चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीको सहभागितामा भएको खुला भलिबल प्रतियोगिता अत्यन्त रोचक रहेको खेल संयोजक रानाले बताउनुभयो ।

चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै एक होनहार भलिबल खेलाडी थिए । स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० मा गण्डकी र लुम्विनी प्रदेशका सात जिल्लाका सातै टीमको सहभागिता रहेको थियो भने खेल लिग कम नकआउट सिस्तममा खेलाइएको थियो ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal