स्याङ्जा र बाग्लुङकाे फाइनल यात्रा तय
वालिङ,१२ फागुन- शनिबार भएको सेमिफाइनल खेलबाट स्याङ्जा र बाग्लुङले फाइनलको यात्रा तय गरेका हुन् । आज भएको सेमिफाइनलको दोस्रो खेलबाट बाग्लुङले पर्वतमाथि जीत निकाल्दै फाइनल प्रवेश गरेको हो खेल अत्यन्त प्रतिस्पर्धात्मक भएको थियो । तर चौथो सेट पुनः बाग्लुङले हत्याएपछि पर्वतले तृतीय स्थानको लागि प्रतिस्पर्धा गनुपर्ने भएको छ । आजै स्याङ्जासँग पराजित भएको नवलपूर र पर्वतबीच तृतीय स्थानका लागि प्रतिस्पर्धा हुनेछ । यसैगरी स्याङ्जा र बाग्लुङबीच प्रथम स्थानका लागि फाइनल खेल हुने छ । यी दुबै खेल भोलि १३ गते महोत्सव समापनका दिन गराइने खेल संयोजक राजन दर्लामीले जानकारी गराउनुभयो । चापाकोटमै पहिलो पटक राष्ट्रिय खेलाडीको सहभागितामा भएको खुला भलिबल प्रतियोगिता अत्यन्त रोचक रहेको खेल संयोजक रानाले बताउनुभयो ।
चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्वर्गीय थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै एक होनहार भलिबल खेलाडी थिए । स्वर्गीय सन्तोष थापा स्मृतिकप २०८० मा गण्डकी र लुम्विनी प्रदेशका सात जिल्लाका सातै टीमको सहभागिता रहेको थियो भने खेल लिग कम नकआउट सिस्तममा खेलाइएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।

ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















