गण्डकी र लुम्बिनीका ज्येष्ठ नागरिकको अन्तर आश्रम भ्रमण

फाइल तस्विरः

गण्डकी,११ फागुन- गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् ।

समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ अन्तर आश्रम भ्रमण गरिएको गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूको समूहले शिव, पार्वती वृद्धाश्रम, रामदी स्याङ्जाका साथै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक पर्यटकीय गन्तव्यको भ्रमणसमेत गरेको थियो ।

शिव, पार्वती वृद्धाश्रम रामदी स्याङ्जामा भएको भेटघाट तथा छलफलमा पोखरा वृद्धाश्रमका अध्यक्ष एवम् गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष पराजुलीले असहाय, बेवारिसे ज्येष्ठ नागरिकमात्र नभई अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानवअधिकारका न्यूनतम आवश्यकता राज्यले पूरा गर्नुपर्ने बताउनुभयो । 

राज्यका कानुन ज्येष्ठ नागरिकमैत्री बन्नुपर्नेमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कास्की ज्येष्ठ नागरिक सङ्घका सचिव भीमप्रसाद सुवेदी, पोखरा वृद्धाश्रमका सल्लाहकार लीलाधर भट्टराई, राजेश श्रेष्ठलगायतले ज्येष्ठ नागरिकका अनुभव नयाँपुस्ताका लागि प्रेरक हुने बताउँदै उनीहरुको सम्मानित जीवनयापनमा राज्यले जोड दिनुपर्ने बताउनुभयो । रासस  

ताजा

वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

२०८२ फाल्गुन २७ गते, बुधबार

वालिङमा ओमकार इभेन्ट हब एक्स्पाे हुने

२०८२ फाल्गुन २७ गते, बुधबार

स्याङ्जा २  बाट रास्वपाका झविलाल डुम्रे विजयी

२०८२ फाल्गुन २४ गते, आईतवार

स्याङ्जा १ मा रास्वपाका डा.धनञ्जय रेग्मी विजयी

२०८२ फाल्गुन २३ गते, शनिबार

स्याङ्जा १ मा रास्वपाका रेग्मीअगाडी

२०८२ फाल्गुन २२ गते, शुक्रबार

स्याङ्जा २ को मतगणना कालीगण्डकीबाट सुरु

२०८२ फाल्गुन २२ गते, शुक्रबार

आज फागुन २१ मतदान गर्ने दिन, सात बजे देख मतदान सुरु

२०८२ फाल्गुन २१ गते, बिहीबार

राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध

२०८२ फाल्गुन १८ गते, सोमबार

कैदीबन्दीलाई कारागारमै मतदान गर्ने ब्यवस्था, स्याङ्जामा १७ कैदीबन्दीले मतदान गर्ने

२०८२ फाल्गुन १८ गते, सोमबार

कोरला नाका तीन दिन बन्द हुने

२०८२ फाल्गुन १८ गते, सोमबार

अन्तर्राष्ट्रिय उडान अनिश्चित

२०८२ फाल्गुन १८ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal