गण्डकी र लुम्बिनीका ज्येष्ठ नागरिकको अन्तर आश्रम भ्रमण
फाइल तस्विरः
गण्डकी,११ फागुन- गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण गरेका छन् ।
समाजमा ज्येष्ठ नागरिकको अवस्थाको जानकारीसँगै अनुभव आदान प्रदान गर्ने उद्देश्यका साथ अन्तर आश्रम भ्रमण गरिएको गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष कुसुमकेशव पराजुलीले जानकारी दिनुभयो । ज्येष्ठ नागरिकहरूको समूहले शिव, पार्वती वृद्धाश्रम, रामदी स्याङ्जाका साथै भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक पर्यटकीय गन्तव्यको भ्रमणसमेत गरेको थियो ।
शिव, पार्वती वृद्धाश्रम रामदी स्याङ्जामा भएको भेटघाट तथा छलफलमा पोखरा वृद्धाश्रमका अध्यक्ष एवम् गण्डकी ज्येष्ठ नागरिक सङ्घका अध्यक्ष पराजुलीले असहाय, बेवारिसे ज्येष्ठ नागरिकमात्र नभई अपहेलित र अन्यायमा परेका सबै ज्येष्ठ नागरिकको मानवअधिकारका न्यूनतम आवश्यकता राज्यले पूरा गर्नुपर्ने बताउनुभयो ।
राज्यका कानुन ज्येष्ठ नागरिकमैत्री बन्नुपर्नेमा जोड दिँदै उहाँले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउनुपर्ने बताउनुभयो । कार्यक्रममा कास्की ज्येष्ठ नागरिक सङ्घका सचिव भीमप्रसाद सुवेदी, पोखरा वृद्धाश्रमका सल्लाहकार लीलाधर भट्टराई, राजेश श्रेष्ठलगायतले ज्येष्ठ नागरिकका अनुभव नयाँपुस्ताका लागि प्रेरक हुने बताउँदै उनीहरुको सम्मानित जीवनयापनमा राज्यले जोड दिनुपर्ने बताउनुभयो । रासस
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















