त्रिविको उपकुलपतिमा प्रा.डा. बराल नियुक्त
काठमाडौं,१० फागुन– त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टङ्कनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जना छानिएकामा प्रस्तुतीकरण एवम् अन्तर्वार्तापछि नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको थियो । शैक्षिक योग्यताको आधार, तालिम, अनुसन्धानमूलक लेख, अन्तर्वार्ता एवम् प्रस्तुतीकरणका आधारमा नियुक्ति गरिएको जनाइएको छ ।
पोखरा–१० का बासिन्दा बराल २०६४ देखि ०६८ सम्म पोखरा विश्वविद्यालयको उपकुलपति हुनुहुन्थ्यो । उहाँ पोखराको पृथ्वीनारायण क्याम्पसमा व्यवस्थापन सङ्कायका प्राध्यापक हुनुहुन्छ । प्रा.डा. बरालले भारतको दिल्ली विश्वविद्यालयबाट व्यवस्थापनमा विद्यावारिधि गर्नुभएको छ ।स्रोतः गोप
ताजा
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार
बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
२०८३ श्रावण २१ गते, बिहीबार





















