चापाकोट महोत्सवमा भलिबल प्रतियोगिताले ल्यायो रौनकता


गोपाल जिटी
वालिङ,११ फागुन- स्याङ्जाको चापाकोटमा जारी दोस्रो चापाकोट महोत्सव एवम् व्यापारमेला २०८० सफल उन्मुख रहेको छ । स्थानीय प्रतिभाका प्रतियोगितात्मक कार्यक्रमको साथमा दैनिक राष्ट्रिय कलाकारहरुका प्रस्तुति रहेको महोत्सवमा दर्शकहरुको आकर्षण बढिरहेको छ । यसैगरी राष्ट्रिय खेलाडीहरुको सहभागितामा सञ्चालित खुला भलिबल प्रतियोगिताले महोत्सवमा थप रौनकता ल्याएको छ । स्टेज कार्यक्रमसँगै भलिबल खेल हेर्नेहरुको उत्साहजनक उपस्थिति देखिएको छ ।
गाउँमा उत्पादित कृषिजन्य वस्तुहरुको प्रदर्शनी र बिक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २ सय ५० स्टलहरु राखिएका छन् ।
मेलामा कृषि प्रदर्शनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रदर्शनी, रत्यौलीगीत, लोक भजन, चापाकोट डान्स आइडल, वक्तृत्वकला एवम् खुला भलिवल प्रतियोगिता राखिएका छन् । योसँगै दैनिकरुपमा राष्ट्रिय कलाकारहरुको प्रस्तुतीकोसाथमा सञ्चालित भलिबल प्रतियोगिताले दर्शकहरुलाई थप आकर्षित गरेको महोत्सवका चापाकोट नगर खेलकुद विकास समितिका अध्यक्ष मिलन राना पुरनले बताउनुभयो ।
महोत्सवको नवौं दिन शुक्रबार राष्ट्रिय कलाकारहरु बद्रि पङ्गेनी, घनश्याम रिजाल, शान्ता बर्देवा, मनु राना, जगत गांैडेलकोसाथमा चर्चित मोडल एवम् नृत्याङ्गना अस्मिता रनपालको प्रस्तुतिले दर्शकहरुलाई निकै हौस्याएको थियो ।
आधुनिक गायक सन्दिप बस्यालकोसाथमा द कालरात्री व्याण्डका सृजन खत्री ( हाउडे मयाँ ) को प्रस्तुतिमा युवा दर्शकहरुलाई निकै रमाइलो गराएको थियो ।
फागुन ३ गते बिहिबारदेखि सूरु भएको “दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८०” फागुन १३ गते समापन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक एवम् आयोजक चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो ।

यसै गरी दोस्रो चापाकोट महोत्सवमा सञ्चालित स्व. सन्तोष थापा स्मृतिकप २०८० अन्तर्गत शुक्रबार ४ खेल भएका छन् । अब शनिबार सेमिफाइनलका भएका खेल हुने छन् ।
आजको पहिलो खेल पर्वत र स्याङ्जाबीच भएको थियो । दुबै टीमको खेल प्रतिस्पर्धात्मक रह्यो । दुबै टीमले दुई/दुई सेट निकाले पनि अन्तिम सेटमा स्याङ्जाले जितेको हो । यसैगरी कास्की र तनहुँबीचको प्रतिस्पर्धा पनि उस्तै रोचक रह्यो । यो खेलमा वेष्ट अफ फाइवको अन्तिम सेट तनहुँले जितेको थियो । यसैगरी आजै भएको तेस्रो खेलमा बाग्लुङले नवलपुरमाथि लगातार ३ को सोझोसेटमा गरेको सानदार जीतसहित सेमिफाइनलको यात्रा निश्चित गरेको छ । यसपछि तनहुँ र स्याङ्जाबीचको खेल भएको थियो । तनहुँमाथि सुरुदेखि नै दवावमा पारेको स्याङ्जाले लगातार ३ सेटसहित सेमिफाइनलमा पुगेको छ ।
अब शनिबार सेमिफाइनलमा स्याङ्जा र नवलपुरको प्रतिस्पर्धा हुनेछ भने बाग्लुङ र पर्वत भिड्ने छन् ।
प्रतियोगितामा गण्डकी र लुम्बिनी प्रदेशका गरी सात जिल्लाका सातै समूहको सहभागिता रहेको थियो । लिग कम नकआउट सिस्टममा प्रतिस्पर्धा गराइएको खेल संयोजक राजन दर्लामीले बताउनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टीमले क्रमशः १ लाख ५० हजार, १ लाख र ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । यसैगरी बेष्ट प्लेयरलाई ५ हजार र अन्य बिभिन्न ६ वटा विधाका उत्कृष्ट खेलाडीलाई जनही ३ हजार नगदसहित ट्रफीले पुरस्कृत गरिने छ ।
चापाकोट नगरपालिका वडा नम्वर २ धुर्कोटका स्वर्गीय सन्तोष थापाको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । स्व. थापाको मृत्यु भएको ४५ दिन पुगेको अवसर पारेर खुला भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । स्वर्गीय थापा गण्डकी प्रदेशकै एक होनहार भलिबल खेलाडी थिए ।
यही फागुन ३ गतेदेखि दोस्रो चापाकोट महोत्सवमा सञ्चालित खुला भलिबल प्रतियोगिता अर्को आकर्षण रहेको छ । चापाकोटमै पहिलो पटक राष्ट्रिय स्तरका खेलाडीहरुको सहभागिता रहेको प्रतियोगिताले दर्शकहरुलाई थप आकर्षित बनाएको हो ।

ताजा

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबिच कूटनीतिक संवाद

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal