सन्धिखर्क देशभरकै सात सय ५३ पालिकामा प्रथम

फाइल तस्विरः

सन्धिखर्क (अर्घाखाँची),१० फागुन– कार्यसम्पादन मूल्याङ्कनमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देशभरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादन मूल्याङ्कनमा सन्धिखर्क प्रथम भएको हो ।

देशभरका सात सय ५३ स्थानीय तहमध्ये सन्धिखर्कले ६१ दशमलव ८१ अङ्क प्राप्त गरी पहिलो भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो । स्थानीय तहलाई सङ्घीय सञ्चित कोष तथा प्रदेश सञ्चित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदानअन्तर्गत कार्यसम्पादन मूल्याङ्कनका आधारमा अनुदान सिफारिसका लागि आयोगले कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्दछ ।

कार्यसम्पादन मूल्याङ्कन गर्दा आयोगले स्थानीय तहसँग तथ्याङ्कहरू मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अङ्क प्रदान गरिन्छ । गत आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका देशभरमै आठौँ स्थानमा पर्न सफल भएको थियोे । चितवनको भरतपुर महानगरपालिका ५६ दशमलव २९ अङ्कसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५ दशमलव ४० अङ्कसहित तेस्रो भएका छन् ।

त्यस्तै सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ५३ दशमलव ८४ अङ्कसहित चौथो, सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका ५३ दशमलव ७६ अङ्कसहित पाँचौँ, गुल्मीको चन्द्रकोट गाउँपालिका ५२ दशमलव ५७ अङ्कसहित छैटौँ, अर्घाखाँचीको छत्रदेव गाउँपालिका ५० दशमलव ४४ अङ्कसहित सातौँ, गुल्मीको रेसुङ्गा नगरपालिका ५० दशमलव ०३ अङ्कसहित आठौँ, सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिका ४९ दशमलव ३६ अङ्कसहित नवौँ र प्युठानको सरुमारानी गाउँपालिका ४९ दशमलव १९ अङ्कसहित १०औँ भएका छन् । प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्यसम्पादन मूल्याङ्कन गरी अङ्क प्रदान गरिएको हो । रासस 

ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई

२०८२ असार ३१ गते, मंगलवार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal