ग्रामिण स्वावलम्बनका शेयर सदस्यलाई सहकारी शिक्षा


श्रीकृष्ण सिग्देल
वालिङ,८ फागुन-स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा रहेको एक सहकारीले आफ्ना शेयर सदस्यलाई वित्तिय साक्षरता र सहकारी शिक्षा प्रदान गरिरहेको छ । गाउँपालिकाकै अब्बल र ठुलो ग्रामिण स्वावलम्बन साना किसान कृषि सहकारीले अन्तर समुहलाई सहकारी शिक्षा प्रदान गरेको हो । पछिल्लो समय सहकारीहरु समस्यामा परेका बेला आफ्ना शेयर सदस्यहरुलाई आफ्नो सहकारीको अवस्था सगै वित्तिय साक्षरता र सहकारी शिक्षा कार्यक्रम अगाडी सारेको सहकारीका प्रवन्धक शालिकग्राम काफ्लेले जानकारी दिनुभयो ।
सहकारीको आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम अनुसार अन्तर समुहलाई पशु बिमा, समाजिक सामुदायीक कार्यक्रम र सहकारीका समस्याका बारेमा प्रशिक्षण दिइरहेको प्रवन्धक काफ्लेले बताउनुभयो । उहाँका अनुसार पहिलो आग्रीखर्क, दोस्रो रापाकोट र तेस्रो चरणको केवरेमा सम्पन्न भइसकेको छ । यो कार्यक्रम गाउँपालिकाका सबै वडाहरुमा सम्पन्न गर्ने काफ्लेले बताउनुभयो । आफ्ना शेयर सदस्यलाई आयआर्जनको बाटोमा लैजान र सहकारीलाई बलियो बनाउन यो कार्यक्रम सफल हुने विश्वास लिइएको काफ्लेको भनाई छ ।
झण्डै ३२ सय शेयर सदस्य रहेको सहकारीमा शेयर पुँजी १ करोड ८० लाख रहेको छ । सहकारीमा १३ करोड बचत तथा जगेडा कोषमा ५ करोड रहेको प्रवन्धक काफ्लेले बताउनुभयो । ३२ करोड रकम सहकारीले कृषि, उद्यमी, व्यवसायी, शिक्षा लगायतमा लगानी गरेको जनाएको छ । सहकारीले प्रदान गरेको सहकारी शिक्षामा शेयर सदस्यको सहभागिता अत्यन्तै उत्साहजनक रहेको सहकारीका अध्यक्ष बोधराज रेग्मीले बताउनुभयो । सहकारीप्रति शेयर सदस्यको विश्वास बढ्दो रहेकाले नै सहकारीमा खराब कर्जा नरहेको दावी अध्यक्ष रेग्मीको छ ।
यो सहकारीले अर्जुनचौपारी गाउँपालिकाका शेयर सदस्य तथा गैह्र शेयर सदस्यलाई आवश्यकता अनुसारको कृषि उपज, कृषि सामाग्री र पशुपंक्षीका लागि सामाग्रीहरु अनुदानमा वितरण गर्दै आएको बताइएको छ । पशु विमा मार्फत आफ्ना शेयर सदस्यको पशुहरुको सुरक्षण कार्यक्रम समेत प्रभावकारी र आकर्षण रहेको सहकारीले जनाएको छ । सहकारीले दिने सेवा सुविधाकै कारण सहकारी प्रति शेयर सदस्यको विश्वास जितेको अध्यक्ष रेग्मीले बताउनुभयो.।

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal