वालिङ महोत्सव आजदेखि सुरु


गण्डकी प्रदेश सरकारले जनताको आयआर्जन संग जोडिने गरी ग्रामीण क्षेत्रमा कृषिका कार्यक्रमहरु सञ्चालन गर्छ ः मुख्यमन्त्री पाण्डे
वालिङ,१८ माघ- “हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आठौं वालिङ महोत्सव आज देखि सुरु भएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा भएको महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज उद्घाटन गर्नुभएको हो । महोत्सव उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकार जनताको आयआर्जन संग जोडिने गरी ग्रामीण क्षेत्रमा कृषिका कार्यक्रमहरु सञ्चालन गर्न स्थानीय तह संग सहकार्य गरेर गाउँगाउँमा जनताहरुलाई स्वरोजगार बनाउने बताउनुभयो ।

गण्डकी प्रदेशलाई पाँच वर्षमा आत्मनिर्भर बनाउने बताउदै मुख्यमन्त्री पाण्डेले प्रदेशलाई दूध, मासु, तरकारी तथा फलफूलमध्ये कुनै एक क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको हो ।
प्रदेश सरकारले पञ्चवर्षीय योजना बनाएर काम अगाडी बढाएको समेत मुख्यमन्त्री पाण्डेले जानकारी दिनुभयो ।
गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटै जिल्लामा प्राथमिकता र आवश्यकताका आधारमा योजनाहरु अगाडी बढाएको उहाँको भनाइ थियो ।
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सवले यहाँका उत्पादनहरुको प्रचार प्रसार, प्रवद्र्धन तथा बजारीकरणका लागि महत्वपूणर् भूमिका खेल्ने विश्वास समेत मुख्यमन्त्री पाण्डेले ब्यक्त गर्नुुभयो ।

कार्यक्रममा पूर्व उद्योग मन्त्री एवं नेकपा एमालेका नेता महेश बस्नेतले चेतनाको कमीका कारण नेपालको राजस्वमा वृद्धि हुन नसकेको बताउनभुयो । बस्नेतले कर तिर्नुपर्छ भन्ने चेतनाको विकास नहुँदा र नियमनकारी निकाय फितलो हुँदा कर छलि भईरहेको भन्दै यसले देशको अर्थतन्त्र समेत कमजोर बन्दै गएको बताउनुभयो । सकरात्मक सोचको अभियान चलाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वति अर्यालतिवारीले मेला तथा महोत्सवमा परम्परागत उत्पादनका लागि प्रयोग गरिने यन्त्रको प्रर्दशनी समेत गरिनुपर्ने भन्दै ग्रामिण भेगमा उत्पादन भएका वस्तुहरुलाई प्रर्दशनीमा जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्याल, सार्वजानिक लेखा समितिका सभापति सुधिरकुमार पौडेल, प्रदेश सांसद कल्पना तिवारी, वालिङ नगरप्रमखु कृष्ण खांण, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य युवराजराज भण्डारीलगायतले महोत्सवले बोल्नुभएको थियो ।

कार्यक्रम वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुलआयोज समितिका संयोजक चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी र संचालन महासचिव रमेश अर्यालले गर्नुभएको थियो ।

कार्यक्रम उद्घाटन पूर्व विभिन्न आमा समुह, टोल समुह,जातिय तथा धार्मिक संघसंगठनहरुले आ-आफ्ना भेषभुषा र झाँकी सहितको र्यालीले वालिङ बजार परिक्रममा गरी कार्यक्रम स्थलमा प्रवेश गरेको थियो ।
बिहीबारबाट सुरु भएको महोत्सव माघ २८ गतेसम्म सञ्चालन हुने छ । महोत्सव तीन लाख दर्शकले अवलोकन गर्ने र करीव दश करोडको आर्थिक कारोबार हुने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal