अमेरिका उड्ने लोभमा नक्कली प्रमाणपत्र बनाउने १० जना प्रहरी खोरमा
काठमाडौं,१८ माघ- प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्रसहित दश जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एकसाथ नक्कली प्रमाणपत्र बनाउनेलाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार इलेक्ट्रिक डाइभरसिटी भिसा (ई-डिभी) लोटरी २०२३ को नतिजामा लोटरी परेर कागज नपुगेपछि नक्कली प्रमाणपत्र बनाउने समूह फेला परेको हो। डिभी परेपछि प्रक्रियाका लागि आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका व्यक्तिले भिसा प्रयोजनका लागि एसएलसी तथा प्लस टु को नक्कली शैक्षिक प्रमाणपत्र बनाएर पेस गरेको खुलेपछि उनीहरू पक्राउ परेका हुन्।
प्रहरीको टोलीले विशेष सूचनाको आधारमा सुरुमा महाराजगञ्जस्थित अमेरिकन दूतावासबाट विवेक उपाध्यायसहित तीन जनालाई नियन्त्रणमा लिएर जाँचबुझ गर्दा अन्य सात जना पक्राउ परेका हुन्।
प्रहरीले सञ्जय महर्जन, भगवती उप्रेती, रोना गुरुङ, सुमन ढकाल, सक्षम अर्याल, सुरज अधिकारी, अशोक श्रेष्ठ, पुरुषोत्तम मल्लिक र स्वर्णिम दाहाललाई पक्राउ गरेको हो। पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ।गोप
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















