वालिङ महोत्सव आज देखि सुरुः गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

हिमलाल पराजुली
वालिङ,१८ माघ-“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नाराका साथ आठौं वालिङ महोत्सव आज देखि सुरु हुदैछ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको आयोजनामा हुन गहिरहेको महोत्वसको आज दिउसो गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्ने कार्यक्रम रहेकोछ । महोत्सव आयोजक वालिङ उद्योग वाणिज्य संघले महोत्सवको सम्पूणर् तयारी पुरा भएको जनाएको छ ।
वालिङ उद्ययोग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले सम्पूणर् नगरका साथै जिल्ला वासीहरुलाई वालिङ महोत्सवमा उपस्थित भएर महोत्सव सफपार्न आग्रह गर्नुभएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ स्थित खेलमैदानमा हुन लागेको महोत्सवलाई सबैले चासोको रुपमा हेरेको पाइन्छ ।
महोत्सवमा कृषि, पर्यटन, कलासंस्कृतीकाका साथै स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालले जानकारी दिनुभयो ।
महोत्सव निर्देशन समितिका संयोजक शोभाकान्त पौडेलले वालिङ महोत्सव वालिङको मात्रै नभएर समग्र स्याङ्जा जिल्लाकै पहिचान र प्रतिष्ठाको विषय भएकोले सबै आ-आफ्नो ठाउँबाट महोत्सवमा सहभागि भएर भव्यरुपमा सम्पन्न गर्न लागिपर्नुपर्न बताउदै यो महोत्सवले सिथिल बनेको आर्थिक अवस्थालाई चलायमान बनाउने समेत बताउनुभयो ।
पाँच वर्षको अन्तरालमा आज देखि सुरु हुनलागेको महोत्सवमा सबैक्षेत्रको व्यापक सहभागित रहने वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचाप्रसार समितिका संयोजक पिाताम्बर खनाल (सुसिल) ले जानकारी दिनुभयो ।
महोत्सवमा चार सय बढि स्टल रहेको र सबै स्टलहरु बुक भइसकेको वालिङ उद्योग वाणिज्य संघका सहकोषाध्यक्ष एवं महोत्सव स्टल संयोजक केशव पराजुलीले जानकारी दिनुभयो ।

वालिङ मोत्सवको सुरुहुने दिनसम्म आइपुग्दा धोजापतकाका साथै स्वागत द्वारले सिगारिएर वालिङ बजार झकिझकाउ देखिएको छ । महोत्सव भरको अवधिमा दश करोड बढिको कारोबार हुने आयोजकको भनाइ रहेको छ ।
आज दिउसो बिभिन्न झाकी एवं बाजागाजा सहितको र्याली सहित महोत्सवको उद्घाटन गर्ने तयारी रहेको छ । वालिङ खेल मैदानमा आज देखि सुरुहुने महोत्सव यही माघ २८ गते सम्म सञ्चालन हुनेछ ।

ताजा

रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
रास्वपा नेता द्वाेय आले र नेपाल माथि वालिङमा आक्रमण
२०८२ असार ३ गते, मंगलवार
वालिङमा ब्युटिसियनको सिप विकासका लागि नेल आर्ट तालिम
२०८२ असार ३ गते, मंगलवार
गण्डकी प्रदेशकाे बजेट ३१ अरब ९७ कराेड
२०८२ असार ३ गते, मंगलवार
सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट
२०८२ जेष्ठ ३१ गते, शनिबार
वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम
२०८२ जेष्ठ ३० गते, शुक्रबार
वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला
२०८२ जेष्ठ २९ गते, बिहीबार
नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन
२०८२ जेष्ठ २९ गते, बिहीबार
‘एयर इन्डिया’को विमान दुर्घटना
२०८२ जेष्ठ २९ गते, बिहीबार
आजको मौसमः केही स्थानमा भारी वर्षा हुने
२०८२ जेष्ठ २९ गते, बिहीबार