वालिङ महोत्सव तयारी तीव्र
वालिङ,१६माघ- यही माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा आठौं वालिङ महोत्सव सञ्चालन हुँदैछ । विगतका महोत्सवमा झैं आठौं महोत्सवका लागि वालिङ बजार क्षेत्र धोजा पतकासहित झकिझकाउ भएको छ । महोत्सवको दिन नजिकिदै जाँँदा वालिङ बजार बेहुली झैं सिङ्गारिएको छ । महोत्सव प्रवेशद्वार लगायत बिभिन्न स्थानमा स्वागतगेट निर्माण गरिएकाछन् । यस कासाथै महोत्सव तयारीका धेरै कामहरु भैसकेको आयोजक वालिङ उद्योग वाणिज्य संघका सचिव एवं प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल (सुसिल) ले जानकारी दिनुभयो ।
वालिङ उद्योग वाणिज्य संघद्वारा २०६३ सालदेखि सुरु गरिएको वालिङ महोत्सव प्रत्येक दुइवर्षमा गरिदै २०७५ सम्म सातौं संस्करण सम्पन्न भएको थियो । कोरोना महामारीका कारण यो बीचमा मेला महोत्सव सञ्चालन पनि प्रभावित हुन पुगेको थियो । अहिले आठौं संस्करणको महोत्सव सञ्चालन हुनुभएको हो ।
वालिङ महोत्सवलाई गण्डकी प्रदेशकै सफल र उत्कृष्ट महोत्सवकारुपमा लिइन्छ । यसै अनुसार विगतको निरन्तरतासँगै अहिले आठौं संस्करणको महोत्सव सञ्चालनमा लागिएको आयोजक जनाएको छ ।

ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















