वालिङ महोत्सवको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्री पाण्डेले गर्ने
वालिङ,१७ माघ १८ गतेदेखि आठौं वालिङ महोत्सव सुरु हुँदैछ । यही माघ २८ सम्म वालिङ खेलमैदानमा सञ्चालन हुने महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेद्वारा उद्घाटन गरिने आयोजक वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभएको छ ।
“हाम्रो गौरव हाम्रो शान, वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने मूल नारासहित आठौं संस्करणको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष श्रेठले जानकारी दिनुभयो । २०७५ सालमा सातौं संस्करण पछि पाँचवर्षको अन्तरालमा आयोजना हुँदैगर्दा आम नागरिकहरुमा उत्साह छाएको अध्यक्ष श्रेठले उल्लेख गर्नुभयो । महोत्सवलाई समग्र वालिङवासीकै महान चाडकारुपमा लिइएकाले वालिङस्थित बिभिन्न संघ संस्था, राजनीतिक दल, युवा क्लवहरुलगायत आम नागरिकहरु उत्साहकासाथ महोत्सवको तयारीमा जुटेका उहाँको भनाई छ ।

महोत्सवका बारेमा जानकारी गराउँदै अध्यक्ष श्रेठले भन्नुभयो—“प्रत्येक दुई वर्षमा सञ्चालन हुँदै आएको महोत्सव विगतका वर्षहरुमा कोरोना महामारीलगायतका प्राविधिक समस्याले निरन्तरता पाउन सकेको थिएन । अहिले पाँचवर्षको अन्तरालमा आयोजित आठौं संस्करणको महोत्सवलाई वालिङवासी आम नागरिकहरुले महाउत्सवकारुपमा मनाउने गरी तयारीमा जुटेका छन् ।”

विगतका महोत्सवमा झैं आठौं महोत्सवका लागि वालिङ बजार क्षेत्र धोजा पतकासहित झकिझकाउ भएको छ । वालिङ बजार बेहुली झैं सिङ्गारिएको छ । महोत्सव प्रवेशद्वार लगायत बिभिन्न स्थानमा स्वागतगेटहरु निर्माणसहित बजारका ठाउँ ठाउँमा सजिसजाउ भएका छन् ।
महोत्सवमा रत्यौलीगीत प्रतियोगिता, डान्स आइडल सिजन थ्री, भजनगीत प्रतियोगिता, विद्यालय स्तरीय नृत्य प्रदर्शनलगायत राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति रहने छन् । यो रमाइलोसँगै बाल उद्यान, सूचना प्रविधि, कृषि प्रदर्शनी, अटोमोवाइल, शैक्षिक प्रदर्शनीलगायत महोत्सवमा अवलोकन गर्न सकिनेछ ।

ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















