विरुवा गाउँपालिकाद्वारा किसानलाई सम्मान
वालिङ,१६माघ-विरुवा गाउँपालिकाले व्याववसायिक किसानहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले १४ औं गाउँसभा एवं हिउँदे अधिवेशनका अवसरमा पालिकाभित्र रहेर व्यावसायिकरुपमा काम गर्दै आएका उत्कृष्ट किसानहरुलाई सम्मान गरेको हो ।
पालिकाको वडा नम्वर ५ का लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नम्वर ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक संगीता मरासिनीलाई उत्कृष्ट कृषककारुपमा सम्मान गरिएको हो । दुवैजनालाई एक एक लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

गोपाले गाउँका पौडेलले विगत पाँच वर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएको हो । उहाँले पाँच वटा टनेलमा गोलभेडा र २ वटा टनेलमा काउलीखेती गर्दै आउनु भएको छ । यसकासाथै पोडेलको १ सय ७५ बोट सुन्तला र २ सय बोट कागतीको बगान छन् । यो सँगै १ सयबोट टिमुरसमेत पोडेलले लगाउनुभएको छ ।
यसैगरी आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक मरासिनीले ६० वटा माउसहित बाख्रापालन गर्दै आउनु भएको छ । विगत ५ वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएकी मरासिनीको फर्ममा अहिले साना ठूला गरेर १ सय बीस बाख्रा छन् ।
यसै गरी गाउँसभाका अवसरमा पालिकाको प्रतिक तिन्ह् निर्माता वडा नम्वर ५ निवासी जीवन वाग्लेलाई पनि विरुवा गाउँपालिकाले सम्मान गरेको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















