विरुवा गाउँपालिकाद्वारा किसानलाई सम्मान


वालिङ,१६माघ-विरुवा गाउँपालिकाले व्याववसायिक किसानहरुलाई सम्मान गरेको छ ।
गाउँपालिकाले १४ औं गाउँसभा एवं हिउँदे अधिवेशनका अवसरमा पालिकाभित्र रहेर व्यावसायिकरुपमा काम गर्दै आएका उत्कृष्ट किसानहरुलाई सम्मान गरेको हो ।
पालिकाको वडा नम्वर ५ का लगनशील कृषि फर्मका शोभाकान्त पौडेल र वडा नम्वर ६ का आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक संगीता मरासिनीलाई उत्कृष्ट कृषककारुपमा सम्मान गरिएको हो । दुवैजनालाई एक एक लाख नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।

गोपाले गाउँका पौडेलले विगत पाँच वर्षदेखि व्यावसायिक कृषि गर्दै आउनुभएको हो । उहाँले पाँच वटा टनेलमा गोलभेडा र २ वटा टनेलमा काउलीखेती गर्दै आउनु भएको छ । यसकासाथै पोडेलको १ सय ७५ बोट सुन्तला र २ सय बोट कागतीको बगान छन् । यो सँगै १ सयबोट टिमुरसमेत पोडेलले लगाउनुभएको छ ।
यसैगरी आइरा झाँक्री कृषि मल्टी फर्म सञ्चालक मरासिनीले ६० वटा माउसहित बाख्रापालन गर्दै आउनु भएको छ । विगत ५ वर्षदेखि व्यावसायिकरुपमा बाख्रापालन गर्दै आउनुभएकी मरासिनीको फर्ममा अहिले साना ठूला गरेर १ सय बीस बाख्रा छन् ।
यसै गरी गाउँसभाका अवसरमा पालिकाको प्रतिक तिन्ह् निर्माता वडा नम्वर ५ निवासी जीवन वाग्लेलाई पनि विरुवा गाउँपालिकाले सम्मान गरेको छ ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal