संस्कृत भाषा प्रति आर्कषण बढ्दै (फोटो फिचर)
हिमलाल पराजुली
वालिङ,१ माघ- केही समय पहिला ओझेलमा परेको संस्कृत भाषाको विस्तारै आकर्षण बढ्दै गएको छ । माओवादी द्वोन्दका बेलादेखि पढाइ हुन छाडेको संस्कृत भाषा प्रति यसका बारेमा अध्ययन गर्नेहरुको संख्या बढ्न थालेको छ । माओवादी द्वोन्दकालमा विद्यालयको पाठ्यक्रमा रहेको संस्कृत शिक्षा देशमा द्वोन्दबढ्दै जादा अवरुद्ध हुन पुगेको थियो । संस्कृत भाषाको औपचारीक रुपमा मात्रै नभएर अनौपचारीक रुपमा समेत अध्ययन गर्नेहरुको संख्या बढ्दै गएको छ ।
संस्कृत भाषा भाषहरुको पनि सर्वश्रेष्ठ भाषा भएकोले यसको अध्ययनलाई व्यापक बनाउने उद्देश्यका साथ वालिङ नगरपालिका ८ स्थित केदारनाथ मन्दिरमा तीन महिनाको कोर्स सम्पन्न भएको छ ।

केदारनाथ मन्दिरमा चार महिनादेखि संस्कृत भाषाको अध्ययन सञ्चालन सम्पन्न गरिएको छ । अध्ययनको लागि व्यापारी देखि पूजापाठ गराउदै आउनुभएका गुरुहरुका साथै विभिन्न पेशा व्यावसायमा लागेकाहरुका माध्यमीक तहको अध्ययन गरिहेका विद्यार्थीहरुको समेत सहभागिता रहेको थियो ।

आध्यात्मिक कुराहरुलाई अपभ्रंश गराइएको अवस्थामा यसको मान्यता र यसका बारेमा जानकारी गराउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य पण्डित नेत्रप्रसाद पराजुलीले जानकारी दिनुभयो । संस्कृत भाषमा सर्वस्व रहेको र शास्त्रमा रहेको कुरालाई विज्ञानले प्रमाणित गरेको यो कुरा सबैलार्ई बुझाउन यो अभियान सञ्चालन गरिएको पण्डित पराजुलीको भनाइ रहेको छ ।

धरातल विर्सिनु हुदैन भनेर आफु संस्कृत भाषाको अध्ययनमा लागेको विश्व हिन्दु युवा संघका जिल्ला अध्यक्ष नवराज पौडेलले बताउनुभयो । हिन्दुधर्मबाट विज्ञानले धेरै कुरा लगेको र चार वेद्धको विज्ञानले भरपुर प्रयोग गरेकोले यो शिक्षालाई पूजापाठमा मात्रै सिमित नबनाएर यसलाई अनुसन्धानका क्षेत्रमा विस्तार गर्नुपर्ने विज्ञनको विद्यार्थी एवं शिक्षक समेत रहेका पौडेल बताउनुहुन्छ ।
आध्यात्मिक चिन्तन विना सतमार्गको खोजिमा लाग्न नसकिने र आध्यात्मिक चिन्तनको स्रोत नै संस्कृत भएकोले आफू यसको अध्ययनमा लागेको व्यावसायी खगेन्द्र अर्यालले बताउनुभयो ।
भास्कर काफ्ले विशिष्ट प्रकारका गुणहरुको प्राप्त गर्ने सादन वेद र संस्कृत भएकोले आफु यसको अध्ययनमा लागेको प्राध्यापक भास्कर काफ्लेले बताउनुभयो । संस्कृत भाषाको अध्ययन गर्न पाएकोमा आफुलाई खुसी लागेको जेष्ठ नागरिक भीमप्रसाद पाण्डेले बताउनुभयो ।
संस्कृत भाषा अध्ययन कक्षामा भाषाका साथै कर्मकाण्ड, ज्योतीस पुराण लगायतका विषयहरुको अध्ययन अध्यापन कार्य गराइएको थियो । जिल्लाका अन्य स्थानहरुमा समेत संस्कृतका कक्षाहरु सञ्चालन गरिदै आएको छ ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















