साथीभाइ बहुउद्देशयीय सहकारीको साधरण सभा सम्पन्न
वालिङ,९ पुस- साथीभाइ बहुउद्देशयीय सहकारीको पाँचौं वार्षिक साधरण सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वालिङ नगरपालिका ९ का वाडा अध्यक्ष शेरबहादुर श्रेष्ठ (अमृत) ले विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाले शिथिल बनाएको आर्थिक अवस्था बिस्तारै चलाएमान हुँदै गएको बताउदै अब सहकारी एवं बैंक तथा वित्तीय संस्थाले लगानीका ढोकाहरु खोल्नु पर्ने बताउनुभयाे । वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई चर्को ब्याज को मारामा पारेकाले ठूला ठूला व्यापारी खुम्चिएकाे र साना व्यवसायी सुक्दै गएकोले बेलैमा सरकारको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले भन्नुभयाे तत्काल यस्ता समस्यामा राज्यको उपस्थिति अनुभूति गराउन नसक्ने हो भने फेरि थप समस्या देखिने भएकाले तुरुन्तै यस तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा पूर्णामृत भवानी माध्यमिक विद्यालयका शिक्षक प्रदीप बगालेले आफुले अध्यापन गराएका विद्यार्थी हरूको एकता स्वरूप सुरुवात गरेको सहकारीको प्रगति देखेर खुसि लागेकाे बताउनुभयाे।
कार्यक्रममा वाडा नम्बर ८ की वाठा सदस्य कविता रणपाल, सल्लाहकार सुशील अर्याल,ज्ञामू पाण्डे लगायतले बाेल्नुभएकाे थियाे।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















