न्याय सम्पादनलाई छिटो छरितो बनाउन सरकार लागि परेकोछः कानून मन्त्री गुरुङ
वालिङ,१३ पुस- कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले न्याय सम्पादन कार्यलाई कसरी छिटो छरितो बनाउन सकिन्छ भनेर आफु लागि परेको बताउनुभएकोछ ।
भ्रष्टाचारको अन्त्य हुनुपर्छ भन्ने करामा आफुले बोल्दै आएको बताउदै एकपछि अर्को फाइल खोलेर सरकार भ्रष्टाचार अन्त्यको अभियानमा लागेको समेत बताउनुभयो । अनुसन्धान प्रक्रियालाई फितलो बनाएर दोषिलाई उन्मुक्ति दिने कार्य जायज नभएको बताउदै दोषि जोभएपनि सजाय पाउनुपर्ने मन्त्री गुरुङकाृ भनाइ थियो ।
नेपाल प्रेस युनियन स्याङ्जाद्वारा शुक्रबार वालिङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले सिद्धार्थ राजमार्ग विस्तार हुन नसके समग्र जिल्ला नै पछिपर्ने भएकाले राजमार्ग विस्तारलाई प्राथमिकता दिएर विस्तारको लागि आफुले विभिन्न दातृ निकायहरु संग कुरा गरेको बताउनुभयो ।
मन्त्री गुरुङल भन्नुभयो, “चुनावका बेला पाँच वर्षभित्रमा सिद्धार्थ राजमार्ग विस्तार गर्ने भनेर बोलेकै हो । बोलेको काम पूरा गर्नेतर्फ म प्रतिवद्ध छु ।”
वालिङलाई स्मार्ट सिटी बनाउने भन्ने उल्टै बजेट कटौती गरियो नि भन्ने पत्रकारहरुको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले आगामी वर्ष बजेटको व्यवस्था गरिने बताउनुभयो । सडकको मात्र नभएर वालिङ नगरक्षेत्रकै बजेट कटौती भएको स्वीकार गर्दै आगामी वर्ष बजेटको ब्यवस्था गर्ने बताउनुभयोे ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















