विद्यालय खेलाडी उत्पादन गर्ने नर्सरी हो- नगर प्रमुख खाँण

वालिङ,४ पुस- विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा खेलाडी उत्पादन गर्ने महत्वपूर्ण नर्सरी भएको वालिङ नगरपालिकका प्रमुख कृष्ण खाँडले बताउनु भएको छ । विद्यालयस्तरबाट विद्यार्थीहरुलाई खेल क्षेत्रमा सरिक बनाउन सक्यौं भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने नगर प्रमुख खाँणकाे भनाइ थियाे। वालिङमा बुधबारदेखि सुरु प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उद्घाटन गर्दै नगर प्रमुख खाँणले बालबालिकाहरुलाई सानैदेखि पढाईसँगै उनीहरुको रुचि अनुसारको खेलकुदमा लगाउनु पर्ने बताउनुभयाे ।

राजनीतिक दलहरुले खेल क्षेत्रमा ध्यान दिएर योजनाकासाथ अगाडि बढाउन सके मात्रै खेल र खेलाडीहरुको विकास गर्न सकिने नगर प्रमुख खाँणकाे भनाइ थियाे । नेपाललाई अन्य कुराहरुले परिचित गराए जस्तै  खेल र खेलाडीको माध्यमबाट पनि चिनाउन सक्छौं । गत वर्ष वालिङले राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गर्याे जसले राष्ट्रिय चर्चा पायाे। 

वालिङले महिला तथा पुरुष फुटवलमा राष्ट्रियरुपमा योगदान पुर्याएको छ, यसबाट हामीले गर्व गर्नुपर्छ । अहिले पनि वालिङका छोराछोरी काठमाडौको खेलमैदानमा आफ्नो खेल प्रदर्शन गरिरहेकाे भन्दै नगरप्रमुख खाँणले खुसी व्यक्त गर्नुभयाे। 

कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैहे«ले गत वर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेको उल्लेख गर्दै खेलसम्बन्धी प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिइने बताउनुभयो । स्मार्टसिटीको कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्र महत्वपूर्ण रहेको भन्दै शैक्षिक गुणस्तरसँगै पोशाकलगायतमा सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुमा एकरुपता ल्याउने प्रयासमा नगरपालिका रहेको बताउनुभयो । 

प्रतियोगितामा वालिङ नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरुको सहभागीता रहेकाे छ। प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक दिपेन्द्र खांणले जानकारी दिनुभयो । 

वालिङ नगरपालिकाद्वारा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको व्यवस्थापन श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० ले गरेको छ । आजदेखि सञ्चालित प्रतियोगिता ६ गते शुक्रबार समापन गरिने आयोजकले जनाएको छ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal