वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

वालिङ,३ पुस- वालिङमा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । वालिङ १० औद्योगिक ग्राममा हुने प्रतियोगिताकाे तयारी पुरा भएको नगरपपालिकाले जनाएकाे छ । प्रतियोगिताका लागि ग्राउण्ड सम्याउने, तारजाली राख्ने, मञ्च निर्माणलगायतका कार्य सम्पन्न भएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बारेमा आज पत्रकार सम्मेलन गरेर खेलका बारेमा जानकारी गराइएकाे छ । पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्ण खाँणले वालिङमा रहेका ओझेलमा परेका स्थानहरुलाई समेत अगाडि ल्याउनका उद्देश्यले प्रतियोगिता औद्योगिक ग्राममा आयोजना गरिएको बताउनुभयो ।
वालिङमा रहेका सार्वजानिक जग्गाहरुको संरक्षण पनि हुने र ओझेलमा परेका ठाउँको प्रचार समेत हुने भएपछि प्रतियोगिता फरक स्थानमा आयोजना गरिएको प्रमुख खाँणले बताउनुभयो । खेलाडी उत्पादनका लागि विद्यालय तहदेखि नै लाग्नुपर्ने भन्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय स्तरबाट खेलाडीहरु उत्पादन गर्न थप टेवा पुग्ने बताउदै खेलकुद प्रतियाेगितालाई आगामी दिनमा पनि निरन्तरता दिने नगरप्रमुख खाँणकाे भनाइ थियाे।
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयका विद्यार्थीहरुकाे सहभागिता रहने छ।
प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी लगायतका खेलहरु समावेश गरिएको खेल संयोजक दिपेन्द्र खाँणले बताउनुभयो ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार