वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने


वालिङ,३ पुस- वालिङमा बुधबारदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । वालिङ १० औद्योगिक ग्राममा हुने प्रतियोगिताकाे तयारी पुरा भएको नगरपपालिकाले जनाएकाे छ । प्रतियोगिताका लागि ग्राउण्ड सम्याउने, तारजाली राख्ने, मञ्च निर्माणलगायतका कार्य सम्पन्न भएको हो । 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बारेमा आज पत्रकार सम्मेलन गरेर खेलका बारेमा जानकारी गराइएकाे छ । पत्रकार सम्मेलनमा नगरप्रमुख कृष्ण खाँणले वालिङमा रहेका ओझेलमा परेका स्थानहरुलाई समेत अगाडि ल्याउनका उद्देश्यले प्रतियोगिता औद्योगिक ग्राममा आयोजना गरिएको बताउनुभयो । 

वालिङमा रहेका सार्वजानिक जग्गाहरुको संरक्षण पनि हुने र ओझेलमा परेका ठाउँको प्रचार समेत हुने भएपछि प्रतियोगिता फरक स्थानमा आयोजना गरिएको प्रमुख खाँणले बताउनुभयो । खेलाडी उत्पादनका लागि विद्यालय तहदेखि नै लाग्नुपर्ने भन्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले विद्यालय स्तरबाट खेलाडीहरु उत्पादन गर्न थप टेवा पुग्ने बताउदै खेलकुद प्रतियाेगितालाई आगामी दिनमा पनि निरन्तरता दिने नगरप्रमुख खाँणकाे भनाइ थियाे।

प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयका विद्यार्थीहरुकाे सहभागिता रहने छ।

प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी लगायतका खेलहरु समावेश गरिएको खेल संयोजक दिपेन्द्र खाँणले बताउनुभयो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal