भूकम्प पीडितले पाएनन् राहत
शेरबहादुर सार्की
बाजुरा,८ मङ्सिर- बाजुराको बूढीगङ्गा नगरपालिका –२ का तुलाराम नेपालीको परिवार यतिबेला खुला आकाशमुनि त्रिपालको बासमा छन् । गत असोज १६ गते गएको भूकम्पले घर भत्किएपछि ७ जनाको परिवारसहित उहाँ खुला आकाशमुनि त्रिपालमा बस्न बाध्य छन्।
केही वर्षअघि साहुबाट ऋण लिएर लगाएको घर भूकम्पले भत्काइदिएपछि अहिले त्रिपालमुनिको बास गर्दै आएको बूढीगङ्गा नगरपालिका वडा नं –२ नडाङ्गका स्थानीय तुलाराम नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “२०७९ माघ १० गते आएको भूकम्पले चिराचिरा परेको घर गत असोजमा बझाङ्गमा केन्द्रबिन्दु भएर गएको भूकम्पले पूरा भत्किएपछि यतिबेला त्रिपालमुनि बास बस्नुपरेको हो ।”
तातो समयमा बाहिर बस्न सहज भए पनि चिसोको बेला भने बाहिर बस्न निकै समस्या हुन्छ । भूकम्पकाे राहत नमिलेपछि आफू यो देशकाे नागरिक नभए जस्तो लागेको नेपालीले बताउनुभयो ।
राहतका लागि नेपालीले विभिन्न ठाउँमा हात थापे पनि तर उहाँलाई अहिले म्म कुनै ठाउँबाट सहयोग मिलेको छैन । छोराछोरी घरमा राखेर भारतमा रोजगारी गर्न गएका नेपाली यतिबेला गाउँमा आएर घर बनाउने योजनामा छन् । घर निर्माण गर्नाका लागि उहाँले विभिन्न सङ्घ संस्थासँग सहयोग माग गर्दै आएका छन् । उहाँले स्थानीय प्रदेश तथा सङ्घीय सरकारसँग समेत बस्ने घर निर्माणका लागि सहयोग माग गरेको बताउनुभयो । तर पनि नेपालीलाई अहिलेसम्म कतैबाट राहत मिलेको छैन । घरपरिवारलाई पाल्नका लागि लामो समयसम्म भारतमा बस्दै आएका नेपालीलाई चिसोबाट बालबच्चालाई कसरी बचाउने चिन्ता छ ।
यता भूकम्पले घर भत्काएको र उता भारतमा पनि राम्रो काम नपाएपछि नेपालीलाई कसरी घर लगाउने भन्ने चन्ता छ । नेपाली भन्नुहुन्छ, “गाउँमा घर लगाएपछि अहिले भूकम्परहित घर लगाउनुपर्ने भन्ने कुरा छ । पैसा छैन् र अन्य कतैबाट सहयोग मिल्दैन ।
भूकम्पले क्षति गरेका घरको तथ्याङ्क सङ्कलन गरी नगरमार्फत जिल्ला विपत् व्यवस्थापन समितिमा पठाएको बुढीगङ्गा नगरपालिका वडा नं –२ का वडा अध्यक्ष पदम भण्डारीले बताउनुभयो ।
उसो त यो समस्या एकै तुलाराम नेपालीको मात्र होइन । बाजुराको हिमाली, जगनाथ, स्वामिकार्तिक, बूढीनन्दा, बडिमालिका, गौमुल, त्रिवेणी, बूढीगगा र खप्तड छेडेदह गाउँपालिका लगायतका स्थानीयको समस्या पनि यही हो । यहाँका अधिकांश स्थानीयलाई केही समय पहिले घरबासको व्यवस्था गरेपनि अधिकांश स्थानीय अहिले पनि उही भूकम्पले चर्किएको घरमा ज्यान जोखिममा राखेर बास बस्छन्।स्थानीय सरकारबाट प्राप्त भएको भूकम्पबाट प्रभावित भएको तथ्याङ्क गृह मन्त्रालयमा पठाएको जिल्ला विपत व्यवस्थापन समितिले बाजुराले जनाएको छ ।
स्थानीय निकायले पठाएको तथ्याङ्क अनुसार बाजुरामा भूकम्प प्रभावित घरपरिवारको सङ्ख्या १ हजार चार सय पूर्ण र ३ हजार पाँच सय आंशिक रहेको जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला व्यवस्थापन समिति बाजुराका संयोजक भीमकान्त पौडेलले बताउनुभयो ।
उहाँले भननुभयो, “अहिले बल्ल अस्थायी आवासका लागि मन्त्रालयबाट १४ करोड रुपियाँ आएको छ । त्यो रकम जसको वास्तविक घर पूर्णरुपमा क्षति भएको छ । त्यसलाई नै दिने फेरि स्थानीय निकायलाई तथ्याङ्क माग गरेको छ ।”
स्थानीय निकायलाई जसको घर पूर्णरुपमा भत्किएको छ । त्यस व्यक्तिको नागरिकता घरको तस्विर, प्रहरी मुचुल्कासहित प्रष्ट हुने गरी तथ्याङ्क पठाउन स्थानीय निकायलाई जानकारी गराएको छ।
भूकम्प पीडितका लागि स्थानीय आवासको ढाँचा समेत मन्त्रालयले पठाएको छ । सोही अुनसार बाजुराका भूकम्प पीडितले अस्थायी आवास निर्माण गर्ने गरी रकम उपलब्ध गर्ने जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।गाेप
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















