घरघरमा पुगेर फूल बिक्री
गल्याङ,२८ कात्तिक- स्याङ्जाको गल्याङ तथा वालिङ बजारमा सयपत्री फूल तथा माला घरघरमा पुगेर बिक्री गर्न थालिएको छ । उत्पादन गरिएकै ठाउँबाट फूल बिक्री नभएपछि टोल टोलमा पुगेर फूल तथा माला बिक्री गर्न थालिएको हो ।तिहारको समयमा धेरै बिक्री हुने सयपत्री फूलको माग बढेपछि व्यावसायिक रुपमा फूलखेती गर्ने बढेका छन् । तर उत्पादन भएको फूल समयमै बिक्री नभएपछि उत्पादक टोल टोलमा सवारीसाधन लिएर फूल बिक्रीमा निस्किएका हुन् ।
गल्याङ नगरपालिका तीन छर्तिमा मौलाकालिका कृषि तथा पशुुपालन फार्म मार्फत व्यावसायिक सयपत्रीको फूलखेती गर्दै आउनुभएका चन्द्रबहादुुर राना ‘चित्र’ ले बेमौसमीरुपमा उत्पादन भएका फूल फार्मबाटै बिक्री गर्नुहुन्छ । तर ठूलो परिमाणमा फूल उत्पादन गर्नुभएका उहाँको फार्मबाट खासै बिक्री नभएपछि टोलटालमै पुगेर फूल बिक्री गर्नुभएको छ । उहाँले गल्याङ बजारका विभिन्न टोलका घरघर, पसल पसलमा फूल लगेर बिक्री गर्ने गरेको जानकारी दिनुभयो ।
“बेमौसमी फूलको माग धान्न मलाई मुस्किल हुन्थ्यो, यसपालि तिहार लक्षित धेरै नै फूल लगाएकाले र यहाँका धेरै कृषकले फूल उत्पादन गरेकाले फार्मबाट सयपत्री कम बिक्री भयो”, उहाँले भन्नुभयो, “तयार भएका फूल बिग्रेला कि भनेर टोलटोलमा पुुगेर फूल बिक्री गर्ने गरेको छुु ।” उहाँले गल्याङ बजारका सात भन्दा वढी पसललाई फूल बिक्री गर्न दिनुभएको छ भने गल्याङ बजारको गराङ्दीचोकमा सयपत्री फूलको मात्रै पसल राख्नुभएको छ ।
गल्याङ –२ रैबारमा रहेको जगत्रदेवी बिरुवा उत्पादन तथा बिक्री केन्द्रका सञ्चालक प्रदीप पाण्डेले समयमै उत्पादित फूल बिक्री गर्नका लागि टोलटोलमा पुगेको बताउनुभयो । “उपभोक्ताको सहजताका लागि पनि टोलटोलमा पुगेर फूल बिक्री गरेको हुँ”, उहाँले भन्नुुभयो, “फार्ममा पनि प्रसस्त फूल रहेकाले थप बिक्रीका लागि टोलमा नै आउनुपरेको हो ।”
यस्तै गल्याङ–११ का कृषक रुमलाल कँडेलले पनि आफ्नो सवारी साधनमा राखेर टोलटोलमा पुगेर फूल बिक्री गर्दै आउनुभएको छ । उहाँले माग भएका व्यक्ति तथा पसलमा पुगेर फूल बिक्री गरेको बताउनुभयो । “फार्ममा जान उपभोक्तालाई असहज भयो”, उहाँले भन्नुभयो, “टोलटोलमा पुुगेपछि माग गरेका र देखेका अरु ग्राहकलाई फूल बिक्री गर्न सहज भएको छ ।”
वालिङमा पनि वालिङ कर्मचारी बचत तथा ऋण सहकारी संस्थाले उत्पादन गरेको सयपत्री फूल बिक्री गर्नका लागि सवारी साधनमा फूल राखेर घरघरमा पुगिएको छ । सहकारीका अध्यक्ष दीपेन्द्र गैह्रेले आफ्नै ठाउँको उत्पादनलाई रोज्नका लागि उपभोक्तालाई आग्रह गर्नुभयो । “यहाँ उत्पादन गरिएको फूल गुणस्तरीय छ”, उहाँले भन्नुभयो, “संस्थाको कार्यालयमा पनि फूल राखिएको छ, उहाँले उपभोक्ताको सहजताको लागि टोलमा पनि पुगेर फूल बिक्री गरिएको हो ।”
गल्याङ, वालिङ र मिर्मीका बजारका व्यापारीले यसपालि कृतिम फूलभन्दा सयपत्री फूल पसलमा राख्ने गरेका छन् । यद्यपी स्थानीय व्यवसायीले पर्याप्त फूल उत्पादन गरेपनि बाहिरबाट आउने प्लास्टिकका फूूल पनि बजारमा देखिएको छ । फूल व्यवसायीले स्थानीय प्रशासनले प्लास्टिकका फूल बिक्री गर्न नरोक्दा आफूहरु समस्यामा परेको बताएका छन् ।
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















