आज भाइटीका, टीकाको उत्तम साइत १०ः५१ बजे

फाइल तस्विर:

काठमाडौं,२९ कात्तिक-नेपालीको दोस्रो मुख्य चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाउने गर्छन् । 

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यस दिनलाई यमद्वितीया पनि भनिन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।

दिनभर टीका लगाउन बाधा छैन

भाइटीकाको टीका दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो । 

यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व  फर्कनुपर्ने समितिले जनाएको छ । यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन् । दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रविद् भट्टराईले बताउनुभयो । शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ ।

राज्य सञ्चालकले साइतमै टीका लगाउनुपर्छ

राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।  लक्ष्मीपूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिने गरिन्छ ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद् अधिकारीले बताउनुभयो ।  

टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

ताजा

चन्द्रागिरीमा फेरि पाेखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

२०८१ कार्तिक १६ गते, शुक्रबार

चन्द्रागिरीमा फेरि पाेखिए प्रधानमन्त्री ओलीका काव्यिक भावना…

२०८१ कार्तिक १६ गते, शुक्रबार

मनकामना मन्दिरमा भक्तजन

२०८१ कार्तिक १५ गते, बिहीबार

लगानीकर्ता शिक्षा कार्यक्रम

२०८१ कार्तिक ९ गते, शुक्रबार

कवितामा चित्र कोर्दै कलाकार

२०८१ कार्तिक ९ गते, शुक्रबार

राम्दीमा निर्माणाधिन अवस्थामा रहेकाे पुल

२०८१ कार्तिक ८ गते, बिहीबार

विकास र यसका वहुआयामीक क्षेत्रहरु

२०८१ कार्तिक ७ गते, बुधबार

संस्कार संरक्षणका लागि उत्तरवाहिनीमा महोत्सव

२०८१ कार्तिक ७ गते, बुधबार

उत्तरवाहिनीमा मातापिता पूजन दामाेदर महोत्सव हुने

२०८१ कार्तिक ६ गते, मंगलवार

स्नातक तहका प्रश्नपत्र अब  अङ्ग्रेजी र नेपाली दुवै भाषामा

२०८१ कार्तिक ५ गते, सोमबार

स्याङ्जा सहयाेग समाजद्वारा आयाेजित भलिबल प्रतियाेगिताकाे उपाधि विरुवा गाउँपालिकालाई

२०८१ कार्तिक ५ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal