बयरघारी–ठूलीभञ्ज्याङ सडक धमाधम कालोपत्रे

अर्जुन काफ्ले
स्याङ्जा,२३ कात्तिक- भीरकोट नगरपालिकादेखि पर्वतको हुवास बजार जोड्ने बयरघारी, मोहनडाँडा, ठूलीभञ्ज्याङ सडकको कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ । भीरकोटको नगरपालिकातर्फ  १२ किलोमिटर र पर्वततर्फ साढे छ किलोमिटर सडक छ ।

भीरकोट नगरपालिकाले पहिलो चरणमा ८७० मिटर सडक खण्ड कालोपत्रेलाई तीव्रता दिएको हो । भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले ग्लोबल रुपजेभीले २०७९ चैत्र १२ गते एक वर्षमा काम सक्ने गरी नगरपालिकाको बजेट  तीन करोड ८५ लाख ४२१ रुपियाँमा सम्झौता गरेर काम अगाडि बढाएको बताउनुभयो ।

स्याङ्जा पर्वत जोड्ने यो सडक नगरपालिकाको रणनीतिक सडकमध्ये एक भएको ढुङ्गानाले बताउनुभयो । हरेक वर्ष बजेट विनियोजन गरी पालिकाभित्रको १२ किमी सडक कालोपत्रे हुने ढुङ्गानाले बताउनुभयो ।

यसै आर्थिक वर्षमा समेत डेढ करोडको टेण्डर निकालेर काम अगाडि बढाएको छ भने सङ्घीय सरकारबाट ७५ लाख बजेटको बहुवर्षीय टेण्डर अगाडि बढाउने तयारी पालिकाले गरेको छ ।

उहाँले यो सडक पर्वतको दक्षिण भेग पैयुँ, विहादी महाशिला गाउँपालिकाका जनतालाई पोखरा पुग्न सबैभन्दा छोटो बाटो भएको बताउनुभयो ।

यो सडक निर्माणपश्चात् भीरकोटको वडा नम्बर १, ६, ८ र ९ तथा  पर्वतका पैयुँ, बिहादी, महाशिला गाउँपालिकाका हजारौँ नागरिक लाभान्वित हुनेछन् ।

अहिले सङ्घीय बजेटमार्फत १९ करोड रुपियाँमा हातेमालो चोक बयरघारी सडक खण्डको काम सुरु भए पनि ठेकेदारको लापरबाहीले कालोपत्रे गर्ने काम अलपत्र परेको बताउनुभयो ।

वडा नं ९ का वडा अध्यक्ष नन्दलाल खनालले ठेकेदारले काम बिचमै छोडेर सम्पर्कविहीन हुँदा त्यतिधेरै रकम फ्रिज भएको बताउनुभयो ।

लुम्दीखोलामा पुल नहुँदा निक्कै सास्ती खेप्नुपरेको बताउँदै खनालले सडक कालोपत्रेसगै विभिन्न खाद्यान्नको बिउ उत्पादन गर्ने, फलफूल, अदुवा लगायतका नगदेवालीहरुको बजारीकरणले कृषकलाई सहज बनाउने बताउनुभयो ।गोेप

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal