किसानको घरमै पुगेर प्राविधिक सेवा
नारायण विक
गल्याङ,२३ कात्तिक- व्यावसायिक रुपमा ठूला फार्म संचालन गरेका कृषकहरुले स्थानीय तहको कार्यालयमै पुगेर कृषि सम्वन्धी विभिन्न सेवा लिइरहेका हुन्छन् । तर निर्वाहमुखी कृषि पेसा अगालेका निम्न वर्ग र मध्यम वर्गका कृषकहरु सरकारी निकाय सम्म पुग्न नसक्दा सधैँ सेवा सुविधाबाट वञ्चित भएका हुन्छन् ।
आफ्नो पालिका भित्र रहेका निर्वाहमुखी कृषि पेसामा आवद्ध कृषक कृषि सम्वन्धी कुनैपनि सेवासुविधा पाउनबाट नछुटुन भनेर गल्याङ नगरपालिका कृषि प्राविधिक सहित कृषकका घरघरमै पुग्ने गरेको छ ।
नगरपालिकाले ‘कृषक संग कृषि प्राविधिक’ नामको अभियाननै संचालन गरेर कृषकका गुनासा सुन्ने, उन्नत जातका विउविजन दिने, कृषि क्षेत्रमा देखिने समस्या र समाधान समेटिएको हाते पुस्तक वितरण गर्ने, परामर्श दिने लगाएतका कार्यक्रम गरेको छ । नगरपालिकाले गत असोज २३ गते देखि टोलटोलमै पुगेर कृषकहरुलाई पाँच प्रकारका उन्नत जातका बीउबिजन वितरण गर्दै कृषि सम्वन्धी जानकारी समेटिएको पुस्तक समेत कृषकहरुलाई दिँदै आएको छ ।
गल्याङ नगरपालिकाका प्रमुुख गुुरुप्रसाद भट्टराईले नगरपालिका भित्रका करिब पाँच हजार कृषक घरपरिवारलाई ‘कृषक संग कृषि प्राविधिक’ कार्यक्रममा सरिक बनाएर सेवा प्रदान गर्ने बताउनुभयो । उहाँले नगरभित्रका गुुजारा चलाइरहेका कृषकहरु नछुट्ने गरि आफूहरु कृषकका घरदैलोमा पुगेको बताउनुभयो । भट्टराईले यो कार्यक्रम मार्फत नागरिकलाई कृषि पेसामा आकर्षित गर्ने, कृषकका गुनासाका आधारमा समस्या समाधान गर्ने बताउनुभयो ।
नगर उपप्रमुख हेमा न्यौपाने तिमिल्सीनाले कृषकका घरघरमा जाँदा अनुदानका कार्यक्रम बढाएर व्यावसायिक कृषकहरुलाई हौसला दिन आग्रह गरिएको बताउनुभयो । “कृषकका घरघरमा जाँदा पुरुष भन्दा महिलाहरु ठुलो संख्यामा कृषि कर्ममा लागेको पायौँ,” उहाँले भन्नुभयो, “लक्षीत समुहको पनि कार्यक्रममा उत्साहजनक सहभागिता देख्दा कृषि क्षेत्रमा लागेका बहुसंख्यक कृषकहरुलाई आवस्यक सुविधा बढाएर सम्मान गर्नुपर्ने आभास भयो ।”
प्रमुुख प्रशासकीय अधिकृत दामोदर शर्माले गल्याङ नगरपालिकामा वसोवास गर्ने नागरिकको चाहाना कृषि पेसा तर्फ रहेको भन्दै उनीहरुलाई हौसला प्रदान गर्न उत्पादित कृषि सामग्रीको बजारिकरण गर्ने योजनामा नगरपालिका रहेको बताउनुभयो । उहाँले गल्याङ नगरपालिकामा सम्भावना राम्रो भएकाले तरकारी, मासु र दूध उत्पादनलाई विशेष जोड दिएर अगाडी बढेको जानकारी दिनुभयो ।
नगरपालिकाका कृषि शाखा प्रमुख शिव ढकालले हाल सम्म वडा नम्बर १, ३, ४, ६, १० र ११ का २४ वटा टोलका कृषक संग पुगेको जानकारी दिदै मंसिर १५ गते भित्र वडा नम्बर २, ५, ७, ८ र ९ का कृषकका टोलमा पुगेर अन्तरक्रिया सहितका कार्यक्रम संचालन गर्ने बताउनुभयो । शाखा प्रमुख ढकालले हाल सम्म १५ सय वढी कृषकलाई हातेपुस्तक र बीउबिजन वितरण गरेको जानकारी दिनुभयो ।
यस्तै नगरपालिकाका पशुुशाखा प्रमुुख सुशील अर्यालले पशुुपालक कृषकले पशुमा लाग्ने रोग, प्रजननसम्वन्धी समस्या र समाधान, पशुखोप, घाँस, कृतिम गर्भधारणका फाईदा र बेफाईदाका विषयमा जिज्ञासा राखेको बताउनुुभयो । उहाँले कृषकका पशुु सम्वन्धी जिज्ञासा र समाधान, बालीका सम्भाव्य क्षेत्र, बाली उपचार, खेती गने प्रविधि, बालीमा लाग्ने रोग, किरा, र विषादी सम्वन्धी जानकारी समेटिएको हातेपुुस्तक कृषकलाई वितरण गरेको जानकारी दिनुुभयो ।
गल्याङ नगरपालिका वडा नम्बर ३ की कृषक खुुमा अर्यालले पालिकाले योजना गरेको ‘कृषक संग कृषि प्राविधिक’ कार्यक्रम प्रभावकारी भएपनि नगरपालिकाले दिने सेवासुुविधा वास्तविक कृषकले नपाउने गरेको गुुनासो गर्नुुभयो । “पालिकाले कृषि सम्वन्धी विभिन्न कार्यक्रम ल्याएको सुुनिन्छ,” उहाँले भन्नुुभयो, “सूूचनानै नगरि टाँठाबाठाले त्यो सुुविधा लैजान्छन्, हामीले पनि व्यावासायिक रुपमा कृषि पेसा अगालेका छौ, खै हामीले थाहै पाउँदैनौँ ।”
ताजा
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार





















