वालिङमा नमुना बसर्पाक बन्ने, नगरविकास कोष र वालिङ नगरपालिकाबिच सम्झौता
मणी प्रसाद अर्याल
वालिङ,८असोज- वालिङमा नमुना बसर्पाक बन्ने भएको छ । लामो समयदेखि सवारी पार्किङको समस्या भोग्दै आएको वालिङले नगरविकास कोष वालिङ नगरपालिका बिच आधुनिक बसपार्क निर्माण गर्ने सम्झौता भए संगै यस क्षेत्रको समस्या समाधान हुनेभएको छ ।
वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणकोलागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेसँगै समस्या समाधान हुने भएको हो ।
सोमबार नगरविकास कोषसंग कुल १२ करोड २७ लाख ५७ हजार रुपैयाँमा बसपार्क निर्माण गर्ने सम्झौता भएको वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । नगरप्रमुख खाँणका अनुसार कुल सम्झौता रकममध्य नगरविकास कोषसंग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट नै अनुदान प्राप्त भएको हो । त्यसैगरी ४ करोड २९ लाख ६४ हजार ९सय ५० रुपैयाँ वालिङ नगरपालिकाले लगानी गर्नेछ ।
स्मार्ट सिटी तर्फ अगाडी बढेको वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बन्दै गएको थियो । सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भैसकेको अवस्थामा यो सगै बसपार्क निर्माणको कामले सार्थकता पाउने भएको छ ।
सम्झौता कार्यक्रमपछि नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटीको नामले परिचित वालिङमा बसपार्कको समस्या छ भन्न पनि अफ्ठ्यारो हुने अवस्था अन्त्य भएको उल्लेख गर्नुभयो । उहाँले व्यवस्थित बसपार्क निर्माण भएपछि नागरिकले निर्वाध हिडडुल गर्न पनि नपाएको अवस्था टर्ने विश्वास व्यक्त गर्नुभयो ।
नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको थियो ।
नमुना बसपार्कको टर्मिनल भवन,घेरा पर्खाल,वर्कशप,आन्तरिक बाटो लगायत सम्पूणर् निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ । निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ । जीप,मिनीबस,माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र विजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरु २० वटा अटाउनेछन् ।
बसपार्क निर्माणको लागि यसै आर्थिक वर्षमा टेण्डर आह्वान हुने नगरपालिकाका ईन्जिनियर ध्रुव रेग्मीले जनाकारी दिनुभयो ।
ताजा
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार





















