स्याङ्जाबाट ९ ओटा बसमा आन्दोलनमा सहभागि हुन काठमाडौं जादै शिक्षक
वालिङ,२असोज-शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि काठमाडौंमा हुने आन्दोलनमा सहभागि हुन स्याङ्जाबाट ९ ओटा बसमा ४ सय बढि शिक्षकहरु रात्रीबस चढेर काठमाडौंको यात्रामा निस्किएकाछन् ।
गत भदौ २७ गते नेपाल सरकारले संसदमा दर्ता गरेको विधेकलाई लिएर असन्तुष्टि जनाउदै आएका शिक्षकहरु विद्यालयको पठनपाठनलाई अनिस्चितकालिन रुपमा बन्द गरेर यही असोज ३ गतेदेखि हुने काठमाडौं केन्द्रित आन्दोलनको लागि जिल्लाको ११ ओटै पालिकाबाट शिक्षकहरु रात्रीबस चढेर काठमाडौंको यात्रामा निस्किएका हुन ।

नेपाल शिक्षक महासंघ स्याङ्जाका सचिव लोकबहादुर गुरुङले संविधानको पालना गर्दै आफ्नो हकहित र अधिकारको लागि शिक्षकहरु आन्दोलित भएको बताउदै आफुहरुको आन्दोलन संविधान भित्र रहेर हुने भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । जिल्लाका सबै शिक्षकहरुबाट खर्च जुटाएर आफ्नो हकअधिकार प्राप्तिको लागि रात्रीबस चढेर बाध्यताले काठमाडौं जानुपरेको बताउदै सबैलाई आआफ्नो ठाउँबाट यो आन्दोलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । जिल्लाका केही पालिकाहरुले अनौपचारिक रुपमा सहयोग गरेको र केही पालिकाबाट असहयोग भएको भन्दै रहरले नभइ बाध्यताले गर्नुपरेको आन्दोलनमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
संसदमा दर्ता भएको विधेकमा शिक्षकहरुलाई अपमान गरिएको भन्दै देशैभरबाट शिक्षकहरु असोज ३ गते देखि काठमाडौंमा हुने आन्दोलनमा सहमागि हुन रात्री बस चढेर काठमाडौंको यात्रामा निस्किएकाछन् । आज सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन गरेको आवहानलाई अविस्कार गर्दै आन्दोलनका माध्यामबाटै आफ्ना मागहरु पुरा गराउने शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघले जनाएको छ ।
ताजा
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण
२०८३ जेष्ठ ५ गते, मंगलवार
दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा
२०८३ जेष्ठ ५ गते, मंगलवार
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
२०८३ जेष्ठ ५ गते, मंगलवार
फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’
२०८३ जेष्ठ ३ गते, आईतवार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार





















