झाँडीमा भेटिएका शिशुको अभिभावकत्व चिकित्सक दम्पतीलाई

लीला झापाली

बिर्तामोड,२ असोज-  भद्रपुरको झाडीमा भेटिएका शिशुको अभिभावकत्व विराटनगरका चिकित्सक दम्पतीलाई दिइएको छ । भद्रपुर नगरपालिकाले विराटनगर १३ का चिकित्सक दम्पती सुनित अग्रवाल र अंकिता राठीलाई अभिभावकत्वको जिम्मा लगाएको हो ।

भद्रपुर नगरपालिकाले अभिभावकत्व लिन चाहनेहरूको निवेदनउपर छलफल गरी विराटनगरका चिकित्सक दम्पतीलाई सो बच्चाको अभिभावकत्व दिने निर्णय गरेको हो । अभिभावकत्व लिनका लागि पाँच दम्पतीले निवेदन परेको थियो । इलाम २ का मनकुमार तामाङ र नानु तामाङ, भद्रपुर १ का परशुराम लुइँटेल र इश्वरादेवी बिमली, अर्जुनधारा ६ का खगेन्द्रराज खरेल र गीता अधिकारी खरेल तथा भद्रपुर ४ का सन्तोष बस्नेत र मिना दाहाल बस्नेतले अभिभावकत्व लिनका लागि निवेदन दिएका थिए । नगरपालिकाले गत भदौ २४ गते एक सूचना जारी गरी अभिभावकत्व दिने गरी प्रक्रिया सुरु गरेको थियो ।

हकदावीका लागि तोकिएको १० दिनको म्यादभित्र शिशुलाई दाबी गर्न आमाबुवा नआएपछि नगरपालिकाले अरूलाई अभिभावकत्व दिने गरी प्रक्रिया सुरु गरेको थियो । त्यस अन्तर्गत नगरपालिकाबाट बालकको वैकल्पिक हेरचाहका लागि सूचीकृत हुन आउन सात दिने सूचना जारी भएको थियो । ती बालकको पालनपोषण, स्वास्थ्य उपचार, शिक्षा तथा बालकको उच्चतम हित सुनिश्चित हुने समेतका कार्यहरूमा अहित नहुने गरी वैकल्पिक हेरचाह गर्न चाहने बालकको आमा वा बुबातर्फका नातेदार, बालकलाई हेरचाह गर्न इच्छुक परिवार वा व्यक्ति, बालकलाई परिवारमा आधारित हेरचाह गर्ने संस्था वा बालगृह समेतले तोकिएको प्रमाण कागज संलग्न राखी सात दिनभित्र निवेदन पेस गर्न नगरपालिकाले सूचना जारी गरेको थियो ।

गत भदौ १२ गते साँझ भद्रपुर नगरपालिका वडा नं. ७ को चन्द्रगढी हुँदै फूलबारी टोल जाने बाटो छेउको झाडीमा बेवारिसे अवस्थामा ती शिशु फेला परेका थिए । ती शिशुलाई अभिभावकत्व लिन डाक्टर, इन्जिनियर, प्राध्यापक, उद्योगी, व्यवसायी, राजनीतिकर्मी लगायत गरी करिब सय जना इच्छुक देखिएपनि पाँच दम्पतीले मात्र सूचीकृत गराएका थिए।स्रोतःगोप

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal