अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता पिसजोन इन्टिग्रेटेड एकेडेमी प्रथम


वालिङ,३१भदौ-वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ वालिङ ९ भुम्रेस्थित सामुदायिक भवनमा अन्तरिविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न गरिएको हो । वालिङ नगर बुद्धिचाल संघको आयोजनामा वालिङ नगर अन्तर विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा पिसजोन इन्टिग्रेटेड एकेडेमी ए समुह प्रथम, भुपूसैनिक मावि द्वितीय, पिसजोन इन्टिग्रेटेड एकेडेमीकै बि समूह तृतीय, पूणर्ामृत भवानी मावि सान्त्वना र अर्मादी आवसीय मावि पाँचौ भएका छन् ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले बुद्धिचाल खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मतिष्कको विकास गर्ने यस्ता प्रकारका खेलहरुलाई स्थानीय तहबाट समेत प्राथमिकतामा राखेर समय समयमा यस्ता प्रतियोगिताको आयोजना गर्दा खेलाडीलाई थप प्रोत्साहन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

समापन कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष केपी खनालले सधैं उपेक्षा गरिएको बुद्धिचाल खेललाई अगाडि ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । योसँगै गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेकोसमेत खनालले जानकारी गराउनुभयो ।

मानसिक चिन्ता र गणना शक्ति बढाउने अनुसन्धानले देखाएको र मस्तिष्कलाई पनि सक्रीय राख्न बुद्धिचाल खेलले मदत गर्ने भएकाले पनि यो खेल खेलाउन आवश्यक रहेको आयोजक वालिङ नगर बुद्धिचाल संघका अध्यक्ष गणेश तिवारीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाँचौ हुँनेले क्रमश ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणत्रप प्राप्त गरेका छन् ।
कार्यक्रममा १२ वटा विद्यालयका १७ टीमले सहभागिता जनाउका थिए । प्रत्येक टीममा ३ जना रहेका थिए भने लिग सिस्टममा खेलाईएको थियो । अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता वालिङ नगरपालिकाले प्रायोजनमा सञ्चालन भएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal