अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता पिसजोन इन्टिग्रेटेड एकेडेमी प्रथम


वालिङ,३१भदौ-वालिङमा अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ वालिङ ९ भुम्रेस्थित सामुदायिक भवनमा अन्तरिविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न गरिएको हो । वालिङ नगर बुद्धिचाल संघको आयोजनामा वालिङ नगर अन्तर विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा पिसजोन इन्टिग्रेटेड एकेडेमी ए समुह प्रथम, भुपूसैनिक मावि द्वितीय, पिसजोन इन्टिग्रेटेड एकेडेमीकै बि समूह तृतीय, पूणर्ामृत भवानी मावि सान्त्वना र अर्मादी आवसीय मावि पाँचौ भएका छन् ।

प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वालिङ नगरपालिका वडा नम्बर ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले बुद्धिचाल खेललाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । मतिष्कको विकास गर्ने यस्ता प्रकारका खेलहरुलाई स्थानीय तहबाट समेत प्राथमिकतामा राखेर समय समयमा यस्ता प्रतियोगिताको आयोजना गर्दा खेलाडीलाई थप प्रोत्साहन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

समापन कार्यक्रममा गण्डकी प्रदेश बुद्धिचाल संघका कोषाध्यक्ष केपी खनालले सधैं उपेक्षा गरिएको बुद्धिचाल खेललाई अगाडि ल्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । योसँगै गण्डकी प्रदेश स्तरीय प्रतियोगिता सञ्चालन गर्ने कार्यक्रम रहेकोसमेत खनालले जानकारी गराउनुभयो ।

मानसिक चिन्ता र गणना शक्ति बढाउने अनुसन्धानले देखाएको र मस्तिष्कलाई पनि सक्रीय राख्न बुद्धिचाल खेलले मदत गर्ने भएकाले पनि यो खेल खेलाउन आवश्यक रहेको आयोजक वालिङ नगर बुद्धिचाल संघका अध्यक्ष गणेश तिवारीले बताउनुभयो ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना र पाँचौ हुँनेले क्रमश ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणत्रप प्राप्त गरेका छन् ।
कार्यक्रममा १२ वटा विद्यालयका १७ टीमले सहभागिता जनाउका थिए । प्रत्येक टीममा ३ जना रहेका थिए भने लिग सिस्टममा खेलाईएको थियो । अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिता वालिङ नगरपालिकाले प्रायोजनमा सञ्चालन भएको हो ।

ताजा

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal