विद्यालयको पठनपाठन ठप्प पारेर काठमाडौँ केन्द्रित आन्दोलममा सहभागि हुन शिक्षक महासंघ स्याङ्जाको अपिल


वालिङ,३१भदौ- शिक्षक महासंघ स्याङ्जाले विद्यालयको पठनपाठन ठप्प पारेर असोज ३ गतेदेखि काठमाडौँमा हुने अनिस्चितकालीन आन्दोलनमा सहभागि हुन जिल्ला स्थित सम्पूणर् शिक्षक एवं विद्यालयका कर्मचारीहरुलाई अपिल गरेको छ ।
नेपाल शिक्षक महासंघ स्याङ्जाका अकार्यबहाक अध्यक्ष बन्दना लम्साल सचिव लोकबहादुर गुरुङ सहित शिक्षक संग सम्बन्धित जिल्ला स्थित अन्य संघ संगठनको हस्तक्षरित अपिलमा यही भदौ २७ गते नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी मनूनलाई संसोधन र एकिकरण गर्न बनेको विधेयक २०८० ले आम नेपाली विद्यालय शिक्षक, कर्मचारी तथा बालविकास शिक्षकहरुका माग मुद्धाहरु प्रति पूणर्त वेवास्ता गरी कुनै सम्बोधन नगरेको र सरकारसंग विगतमा भएका विभिन्न ५१ र ३० बुँदे सहमतीको पालना नभएकोले संसदमा पेश भएको विधेक प्रति शिक्षक महासंघको असहमती रहेको जनाउदै आन्दोलनमा उत्रीएको अपिलमा भनिएको छ ।आन्दोलनमा क्रममा विद्यालय बन्द भएको क्षतिपुर्ति अन्य सार्वजनिक विदाहरुमा पठनपाठन गरेर पुरा गर्ने प्रनिवद्धतख समेत अपिलमा उल्लेख गरिएको छ ।
शिक्षकहरुको यो अनिस्चितकालीन आन्दोलनको घोषणाले देशभरका सामुदायीक विद्यालयहरुको पढाइ प्रभावित हुने भएको छ । शिक्षक महासंघको आन्दोलन प्रति नेपाल शिक्षक संघ स्याङ्जा, नेपाल राष्ट्रिय शिक्षक संगठन स्याङ्जा, एकीकृत अखिल नेपाल शिक्षक संगठन स्याङ्जा, नेपाल राहात शिक्षक समिति स्याङ्जा र नेपाल विद्यालय कर्मचारी परिष्दस्याङ्जाले समेतले एकेवद्धता जनाउदै सो संगठनका प्रमुख एवं प्रतिनिधिहरुले सो अपिलमा हस्ताक्षर गरेकाछन् ।

ताजा

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal