वालिङ बहुमुखी क्याम्पसले १५ औं वार्षिक साधारणसभा सम्पन्न
वालिङ,३१भदौ- देशकै जेठो सामुदायिक क्याम्पस वालिङ बहुमुखी क्याम्पसको १५औँ साधारण सभाको उद्घाटन समारोह सम्पन्न भएको छ । वालिङ बहुमुखी क्याम्पसको शनिबार साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका सांसद भोजराज अर्यालले शैक्षिक क्षेत्रको विकासका लागि राज्यका तिनै तह योजनाबद्ध ढंगले अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले देशकै जेठो क्याम्पसको शैक्षिक उन्नयनको लागि यहाँका राजनीतिक दल, सञ्चालक समिति, प्राध्यापक, विद्यार्थी संघसंगठनलगायत अभिभावक पनि एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
वालिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु धेरै राजनीतिक, सामाजिक तथा देशका निजामति क्षेत्रमा उच्च स्थानमा रहेको भन्दै क्याम्पसको शैक्षिक गुणस्तरलाई निरन्तरता दिन सबै निस्वार्थ भएर लाग्नुपर्ने सांसद अर्यालको भनाइ थियो ।
यसैबीच साधारणसभाको बन्द सत्र स्थगित भएको छ । साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएपनि कोरम नपुगेका कारण बन्द सत्र स्थगित भएको क्याम्पस प्रशासनले जनाएको छ ।
२०३७ सालमा स्थापना भएको क्याम्पसले वार्षिक साधारणसभासँगै शैक्षिक तथा आर्थिक व्यस्थापनका लागि बिभिन्न योजनाहरु प्रतिवेदन मार्फत सार्वजनिक गरेको छ । क्याम्पसमा समयानुकुल प्राविधिक कक्षाहरु थप गर्नका लागि क्याम्पस मातहतकै उक शैक्षिक प्रतिष्ठान निर्माण गरी वृहत योजना बनाउने, क्याम्पसको आर्थिक व्यवस्थापनका लागि अक्षय कोष निर्माण योजना अगाडि बढाई १० करोड रुपैयाँको ३ वर्षै लक्ष्य निर्धारण गरी काम गर्ने योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै गुणस्तरीय शिक्षाका लागि क्याम्पसभित्र सबै प्राध्यापकहरुलाई निरन्तर तालीम तथा गोष्ठीमा सहभागी गराई विशेष कार्यक्रम लागु गर्ने योजना क्याम्पसले बनाएको छ । निरन्तर अतिरिक्त आम्दानीको स्रोतका निम्ति जनप्रतिनिधि, स्थानीय निकाय र आवश्यक अन्य पक्षसँग सम्पर्क तथा समन्वय गर्ने आगामी योजनामा पारिएको छ । नयाँ कार्यक्रमकोरुपमा कक्षा ९ देखि १२ सम्मको कक्षा सञ्चालनको लागि अनुमति स्वीकृतिको प्रकृया अगाडि बढाउने तथा आंगिक क्याम्पस बनाउन सम्बन्धित निकायमा पहल गर्नेलगायत भावी योजना प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















