आखाँ पाक्ने रोगको जोखिम कम गर्न वालिङका विद्यालय ४ दिन बन्द हुने


वालिङ,२५ साउन- वालिङ नगरपालिकाका विभिन्न विद्यालयहरुमा आँखा पाक्ने रोग देखिएपछि नगरभित्रका विद्यालयहरु ४ दिनसम्म बन्द गरिनेभएको छ ।
आँखा पाक्ने रोग संक्रामक भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने हुँदा ४ दिनसम्म विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिनसम बन्द रहने जनाएको हो । यो रोग संक्रमक रहेकाले धेरै मानिसहरुको भिडभाडमा सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण हुने भएकाले ४ दिन वालिङका विद्यालय बन्द गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
यो विदा अन्य विदाबाट कट्टी गरिने भएकाले विद्यार्थीको पठनपाठनमा कुनै असर नर्गर्ने प्रमुख खाँणको भनाई छ ।
यो ४ दिनको विदा विद्यालयहरुले आफ्नो वर्षे, हिउँदे, स्थानीय विदाबाट कट्टी गर्नुपर्नेछ । साउन २९ गते सोमबार सम्म विद्यालय बन्द रहने भएकाले अभिभावकहरुलाई सुरक्षित रहन आग्रह गरेको हो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माद्वारा जारी सूचनामा यस विदाको अवधिमा विद्यार्थीलाई सुरक्षित रुपमा घरमै रहन अनुरोध गरिएको छ ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal