भीरकोट ८ मा शिशु स्वागत र सुत्केरी परामर्श कार्यक्रम सुरु
वालिङ,२५ साउन- भीरकोट नगरपालिका ८ मा शिशु स्वागत र सुत्केरी परामर्श कार्यक्रम शुरु भएको छ । वडा कार्यालयले नयाँ आर्थिक वर्षबाट यो कार्यक्रमको शुरुवात गरेको हो ।
मातृशिशु स्वास्थ्यलाई मध्यनजर गर्दै वडाभित्रका सुत्केरीहरुको पोषणका लागि कुखुराको भाले सहित सुत्केरी भेटघाट कार्यक्रमको शुरुवात गरेको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । सुत्केरी महिलाको घरमै पुगेर नवराज शिशुको स्वास्थ्य जाँच गर्ने, सुत्केरी आमालाई पोषणको लागि कुखुराको भाले हस्तान्तण गर्ने कार्य बिहीबारदेखि शुरु भएको छ । बिहीबार वडाको माझखर्क टोलका कुसुम खनाल र शालीकोषकी सावित्रा सुनारको घरमै पुगेर शिशु स्वागत तथा सुत्केरी परामर्श गरिएको हो ।
वडाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको टोली सहित खनाल र सुनारको घरमै पुगेर शिशुको स्वास्थ्य जाँच गरी पोषणका लागि भाले हस्तान्तरण गरिएको वडा अध्यक्ष खनालले बताउनुभयो । वडा अध्यक्ष खनालले भन्नुभयो,“सुत्केरी महिलाहरु सामान्यत कुनामा बस्नुपर्ने, भुँईमा सुत्नुपर्ने हाम्रा रुडीबादी परम्पराहरु छन् । त्यस्ता परम्पराहरुलाई चिर्दै आमा र बच्चाको स्वास्थ्यका लागि यो कार्यक्रम शुरु गरेको हौँ ।”
शिशु गर्भमा बसेदेखि नै नियमित चेकजाँच गर्ने, पोषिलो खानेकुरा खाने साथै सुत्केरी भईसकेपछि पनि नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गर्ने, सुत्केरी परामर्श गर्ने यो कार्य जिल्लामै पहिला भएको वडा अध्यक्ष खनालको दावी छ । सुत्केरी भएको घरका परिवारसंग परामर्श गरी सुत्केरी महिलाको स्वास्थ्यका लागि पोषणमा ध्यान दिन आग्रह गर्दै शिशुलाई आवश्यक खोपहरु प्रदान आग्रह समेत गरिएको छ ।
सुत्केरीलाई सफा र प्रशस्त अक्सिजन प्राप्त गर्ने कोठामा राख्नुपर्ने, ६ महिना सम्म आमाको दुध खुवाउने, लगायतका शिशु आहारका विषयमा समेत स्वास्थ्यकर्मीले परामर्श दिएकाछन् । कार्यक्रमको शुरुवातमा वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, आमा समुहका प्रतिनिधी, पार्टीका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















