भीरकोट ८ मा शिशु स्वागत र सुत्केरी परामर्श कार्यक्रम सुरु
वालिङ,२५ साउन- भीरकोट नगरपालिका ८ मा शिशु स्वागत र सुत्केरी परामर्श कार्यक्रम शुरु भएको छ । वडा कार्यालयले नयाँ आर्थिक वर्षबाट यो कार्यक्रमको शुरुवात गरेको हो ।
मातृशिशु स्वास्थ्यलाई मध्यनजर गर्दै वडाभित्रका सुत्केरीहरुको पोषणका लागि कुखुराको भाले सहित सुत्केरी भेटघाट कार्यक्रमको शुरुवात गरेको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । सुत्केरी महिलाको घरमै पुगेर नवराज शिशुको स्वास्थ्य जाँच गर्ने, सुत्केरी आमालाई पोषणको लागि कुखुराको भाले हस्तान्तण गर्ने कार्य बिहीबारदेखि शुरु भएको छ । बिहीबार वडाको माझखर्क टोलका कुसुम खनाल र शालीकोषकी सावित्रा सुनारको घरमै पुगेर शिशु स्वागत तथा सुत्केरी परामर्श गरिएको हो ।
वडाका जनप्रतिनिधी र स्वास्थ्यकर्मीहरुको टोली सहित खनाल र सुनारको घरमै पुगेर शिशुको स्वास्थ्य जाँच गरी पोषणका लागि भाले हस्तान्तरण गरिएको वडा अध्यक्ष खनालले बताउनुभयो । वडा अध्यक्ष खनालले भन्नुभयो,“सुत्केरी महिलाहरु सामान्यत कुनामा बस्नुपर्ने, भुँईमा सुत्नुपर्ने हाम्रा रुडीबादी परम्पराहरु छन् । त्यस्ता परम्पराहरुलाई चिर्दै आमा र बच्चाको स्वास्थ्यका लागि यो कार्यक्रम शुरु गरेको हौँ ।”
शिशु गर्भमा बसेदेखि नै नियमित चेकजाँच गर्ने, पोषिलो खानेकुरा खाने साथै सुत्केरी भईसकेपछि पनि नवजात शिशुको स्वास्थ्य अवस्था जाँच गर्ने, सुत्केरी परामर्श गर्ने यो कार्य जिल्लामै पहिला भएको वडा अध्यक्ष खनालको दावी छ । सुत्केरी भएको घरका परिवारसंग परामर्श गरी सुत्केरी महिलाको स्वास्थ्यका लागि पोषणमा ध्यान दिन आग्रह गर्दै शिशुलाई आवश्यक खोपहरु प्रदान आग्रह समेत गरिएको छ ।
सुत्केरीलाई सफा र प्रशस्त अक्सिजन प्राप्त गर्ने कोठामा राख्नुपर्ने, ६ महिना सम्म आमाको दुध खुवाउने, लगायतका शिशु आहारका विषयमा समेत स्वास्थ्यकर्मीले परामर्श दिएकाछन् । कार्यक्रमको शुरुवातमा वडाका जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वयंमसेविका, आमा समुहका प्रतिनिधी, पार्टीका प्रतिनिधीलगायतको सहभागिता रहेको थियो ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















