बुहारीहरुको चाहना यसपालिको तीजमा पोतेका गहना

जमुना शर्मा

पोखरा,२३ साउन- तीज नजिकिँदै छ । सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा महिला लक्षित गरगहना तथा कपडाका विज्ञापन सुरु भइसकेका छन् । तीज गीतका भिडियो पनि युट्युबमा अपलोड हुने क्रम जारी छ । यसैबीच पोखराका बुहारीहरु भने आफ्नै हातबाट बनाइएका पोतेका विभिन्न थरीका गरगहना लगाएर तीज मनाउने तयारीमा छन् ।

बुहारी सशक्तिकरण समाज नामक संस्थामार्फत गोलबद्ध भएका बुहारीहरुले तीजमा आयातित चुरापोतेमा हुने अत्यधिक खर्च कम गर्दै आफ्नै सीपबाट निर्मित चुरापोते औँठीलगायत गरगहनामा सजिएर यो वर्षको तीज मनाउने योजना बनाएका हुन् ।

घारिपाटनकी पुष्पा शर्माले यस वर्षको तीजमा सुनका गरगहना नभई पोतेबाट बनाइएका गरगहनामा सजिएर नाच्ने र गाउने योजना बनाएको सुनाउनुभयो । “पोतेबाट बनाइएका सेट गहना मलाई निकै मन पर्छ, बल्ल तालिम लिने अवसर मिल्यो यसपालिको तीजमा आफ्नै हातले बनाएका पोतेका नमुनामा सजिने योजना बनाएकी छु”, उहाँले एक दिनको गहना बनाउने तालिमले पोतेका विभिन्न थरीका गहना बनाउन सिकेको बताउनुभयो । “मलाई त निकै आत्मविश्वास बढेको छ, सस्तोमा कच्चापदार्थ किनेर फुर्सदको समयमा पोतेका विभिन्न गहना तयार गर्न सकिने, आफूलाई पनि हुने र साथीभाइ उपहार दिन वा बेच्न पनि सकिन्छ,” शर्माले भन्नुभयो ।

अर्का सहभागी कालिका चापागाइँले पनि यस वर्षको तीजमा रातो साडीमा आफ्नै हातले तयार गरेका पोतेका माला, औँठी, टप र चुराको सेट लगाएर साथीसँगीसँग रमाइलो गर्ने बताउनुभयो । तीज महिलाको विशेष पर्व हो, यसलाई भड्किलोरहित बनाउन पोतेका गहना सेट बनाएर लगाउँदा झनै राम्रो देखिन्छ, हराउँछ कि भन्ने त्रास पनि नहुने र खुलेर रमाइलो गर्न पनि पाइन्छ । उहाँले गहना प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनुभन्दा पोतेका विभिन्न गहनाका सेट बनाएर लगाउँदा धेरै राम्रो हुने उल्लेख गर्नुुभयो ।

तालिममा सहभागी सदस्य सुनिता खत्रीले एक दिनको तालिमले आफूमा सिर्जनात्मक सीप विकास भएको बताउनुभयो । “तालिम एक दिनमात्र भयो तर धेरै ज्ञान लिन सक्यौँ, अब सिकेको सीपलाई व्यवहारमा उतार्न सके आत्मनिर्भर हुन सकिने रहेछ भन्ने आत्मविश्वास जागेको छ,” उहाँले भन्नुभयो, “यो तीजमा पोतेका सामग्री तयार गरेर आफू पनि लगाउँछु र साथीभाइलाई बेच्ने योजना पनि बनाएकी छु ।” सदस्य खत्रीले यो सीपलाई आत्मनिर्भर हुने माध्यम बनाइउने जानकारी दिनुभयो ।

संस्थाकी महासचिव सृष्टि भट्टराईले तीजको समयमा दिदीबहीनीहरुले बढी शृङ्गार मन पराउने र चुरापोतेलगायत गहनाका सेट सामग्रीमा धेरै खर्च हुने भएकाले एक दिन भए पनि गहना बनाउने तालिम प्रदान गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “तीज नजिकिँदै छ, हाम्रो धेरै पैसा यस्तै गहनाहरुमा जान्छ तसर्थ हाम्रै समूहका एकजना सदस्य साथीसँग भएको सीपलाई सदुपयोग गरेर अरू सदस्यका लागि तालिम प्रदान गरेका हौँ ।”

महासचिव भटृराईले महानगरका विभिन्न वडामा यस्ता तालिम निःशुल्क सञ्चालित भए पनि सबैले त्यो अवसर पाउन नसकेका कारण आफ्नै खर्चमा तालिम आयोजना गरिएको जानकारी दिनुभयो । “हामीले आफैँ पैसा उठाएर यो तालिम सञ्चालन गरेका हौँ, वडामा जाने प्रक्रिया झन्झटिलो र समय लाग्ने भएकाले आफ्ना लागि आफैँ खर्च गरेर भए पनि सीप सिक्नुपर्छ भन्ने सोचले सुरुआत ग¥यौँ, अन्य तालिमलाई पनि निरन्तरता दिन्छौँ ।” उहाँले एक सदस्यबाट कच्चापदार्थ किन्न रु एक हजार सङ्कलन गरिएको जानकारी दिनुभयो । आधारभूत सीपपश्चात् एडभान्स तहको सीपका लागि युट्युब हेरेर पनि जान्न सकिने उहाँको भनाइ थियो ।

तालिमका प्रशिक्षक एवम् संस्थाका सदस्य गीता जमकट्टेल पौडेलले आफूले केही वर्षअघि सिकेको सीपलाई आज बुहारी ग्रुपका साथीहरुलाई सिकाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । उहाँले हातमा सीप हुँदा आफ्ना लागि पनि हुने र आगामी दिनमा गहना तयार गरेर आत्मनिर्भर हुन पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षक पौडेलले मेहनतमा जोड दिन सके निकै आकर्षक र बजारको मागअनुसारको डिजाइनमा गहना तयार गर्न सकिने बताउनुभयो ।

“एकदुईसयको कच्चापदार्थले पनि रु एक हजार वा रु पाँच सयसम्मको सामग्री तयार गर्न सकिन्छ । जति नयाँ डिजाइनका लागि मेहनत गर्न सक्यो उति नै बढी मूल्यका गहना तयार हुनाका साथै यो सीपलाई व्यावसायिकीकरण गर्न सके धेरै दिदीबहिनीले रोजगार पाउने र चुरापोतेका लागि विदेशिन धेरै रकम रोक्न सकिन्छ” उहाँले भन्नुभयो ।

उक्त संस्थाका अध्यक्ष निर्मला केसी ९निरु० ले बुहारी सशक्तिकरण समाज स्थापनाको छोटो समयमै धेरै कार्यक्रम गर्न सफल भइएको बताउनुभयो । “अहिले तीजलाई लक्ष्य गरेर पहिलो चरणमा आफ्नै खर्चबाट एक दिनको गहना बनाउने तालिम ग¥याँै र आवश्यता हेरेर थप सीपमुलुक तालिम प्रदान गर्दै जानेछौँ”, उहाँले भन्नुभयो, “बुहारीहरुले भोग्नु परेका समस्या समाधानका लागि सहजीकरण गर्ने साथै आत्मनिर्भर बनाउन आवश्यकता अनुसारको तालिमहरु प्रदान गर्दै सामाजिक क्षेत्रमा स्थापित गर्ने उद्देश्यले यो समाज स्थापना भएको हो । हिंसा विरुद्धको अभियानसँगै जोसँग जे सीप, ज्ञान वा क्षमता छ त्यो अरूलाई पनि शेयर गरेर एकअर्का बीचको सम्बन्धलाई मजबुत बनाउने उद्देश्य पनि संस्थाको रहेको छ ।”

अध्यक्ष केसीका अनुसार समूहमा अहिले करिब एक सय सदस्य छन् । सदस्यको चाहनाअनुसार पहिलो चरणमा २५ जनालाई गहना बनाउने तालिम प्रदान गरिएको हो । यसपछि अन्य सदस्यहरुका लागि सेल्फ मेकअप क्लास, नेतृत्व विकास र आवश्यकता अनुसारको सीपमूलक तालिम दिँदै जाने छौँ।रासस

ताजा

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal