अराजकताको अन्त्य गर्ने सामर्थ्य एमाले संग मात्रै छ, सचिव विष्ट

पोखरा,२४ साउन- नेकपा एमालेका सचिव एवं गण्डकी प्रदेश इन्चार्ज गोकणर् विष्टले देशमा बढदै गएको अराजकताको अन्त्य गर्ने सामर्थ्य एमाले संग मात्रै रहेको बताउनुभएको छ ।
बुधबार पोखरामा नेकपा एमाले गण्डकी प्रदेश कमिटी दवारा आयोजित पत्रकार भेटघाट कार्यक्रमा बोल्दै एमाले सचिव विष्टले देशको विकास र समृद्धिको स्पस्ट खाका एमाले संग मात्रै भएको बताउदै राष्ट्रिय स्वाभिमानको रक्षा गर्नको लागि एमालेको विकल्प नभएकोले पार्टीलाई थप ब्यवस्थि गर्दै लैजानुपर्नेमा जोड दिनुभयो । एमालेको ब्राण्डिङलाई कसैले चाहेर पनि खोस्न नसक्ने सचिव विष्टको भनाइ थयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य खगराज अधिकारीले देशलाई बवादी तर्फ जानबाट रोकनको लागि अझै प्रभाबकारी भूमिका खेल्न सक्नेबनाउन एकल बहुमत सहितको पार्र्टीको रूपमा स्थापित गर्न अब पार्टी पंतिका साथै सबै शुभचिन्तकहरु एमालेलाई पहिलो शक्तिका रुपमा स्थापित गर्न केन्द्रित हुनुपर्ने बताउनुभएको थियो ।
पत्रकार घेटघाट कार्यक्रम मार्फत गण्डकी प्रदेश कमिटीले आफ्ना विभिन्न कार्ययोजना सार्वजनिक गरेको छ ।

बुधबार सार्वजनिक गरिएको कार्यक्रममा पार्टीको अधिवेशनदेखि भवन निर्माण गर्ने कुरा उल्लेख गरिएको छ ।
एमालेको साउन २२ गते सम्पन्न चौधौं पूणर् बैठक तथा प्रचार सहित विभिन्न विभागद्वारा निर्माण गरिएका कार्ययोजना समेत पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गरिएको हो ।

कार्ययोजना अनुसार आगामी असोज १५ र १६ गते प्रदेश कमिटीको अधिवेशन सम्पन्न गर्ने,गण्डकी प्रदेश कार्यालय संचालनका लागि भवन निर्माण गर्ने ,पार्र्टी सदस्यताको प्रमाणीकरण साउन महिना भित्र गर्ने ,जिल्ला र पालिकाका योजना निर्माण गर्ने, वडा कमिटी निर्माण र बैठक भदौ महिना भित्र गर्ने,सबै जिल्लामा विभागलाई पूणर्ता दिनुका साथै वार्षिक कार्ययोजना निर्माण गर्ने रहेकाछन।

प्रदेशभरिको पार्टीको प्रचार कार्यलाई ब्यवस्थित बनाउन जिल्लामा प्रचार भेला र क्षमता बृद्धिको लागि अभिमुखिकरण कार्यक्रमहरु संचालन गर्ने, प्रेदेशको प्रचार एक्सन प्लान कार्यान्वयन गर्ने, प्रदेश अधिवेशन गर्न बाकी सबै जन संगठनहरूका अधिवेशन सम्पन्न गरिे वार्षिक कार्यतालिका निर्माण गर्ने,सामुदायीक सरोकारजन्य विषयको नेतृत्व गर्ने,प्रशिक्षक प्रशिक्षण कार्यक्रम पालिका तह सम्म बिस्तार गर्ने योजना रहेको गण्डकी प्रदेश सचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

लागूऔषधसहित वालिङमा एकजना पक्राउ

२०८१ फाल्गुन १ गते, बिहीबार

स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट

२०८१ फाल्गुन १ गते, बिहीबार

इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता

२०८१ माघ ३० गते, बुधबार

पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ

२०८१ माघ ३० गते, बुधबार

गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता

२०८१ माघ ३० गते, बुधबार

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

२०८१ माघ २८ गते, सोमबार

शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया

२०८१ माघ २८ गते, सोमबार

कास्की कारागारमा पानीको समस्या

२०८१ माघ २८ गते, सोमबार

चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला

२०८१ माघ २८ गते, सोमबार

वालिङमा माेटरसाइकल दुर्घटना हुँदा युवककाे मृत्यु

२०८१ माघ २८ गते, सोमबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal