नेपाल मगर संघ स्याङ्जाद्वारा भगवती पाण्डेलाई कारबाहीको माग


वालिङ,२२ साउन- नेपाल मगर संघ जिल्ला समन्वय समिति स्याङ्जाले विबादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारबाहीको माग गर्दै विरोध प्रर्दशन गरेको छ । सोमबार स्याङ्जामा जिल्ला प्रशासन कार्यालय अगाडि शान्तीपुणर् धर्ना सहित समितिले प्रशासन मार्फत गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ । अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दे शान्तिपुणर् रुपमा प्रर्दशन गरिरहेकामाथि भएको प्रहरी दमन र ज्याजती विरुद्ध शान्तीपुणर् प्रर्दशनी सहित ज्ञापन पत्र बुझाएको मगर संघले जनाएको छ ।
जातिय सदभावमा खलल पुर्‍याउने गरी गुल्मीको रेसुंगा नगरपालिका ६ स्थायी ठेगाना भइ काठमाडौ बस्दै आउनुभएकी अधिवक्ता पाण्डेले एक टेलिभिजन वार्तामा तामाङ र मगर जातिमा दाजुबहिनीबीचमा विवाह हुने गरेको र त्यस्ता सम्बन्धबाट जन्मिएका बच्चा अपराधिक मानसिकताको हुने भनि दिएको तथ्यहिन अभिव्यक्तिले तामाङ र मगर समुदाय सहित सिंगो आदीबासी जनजातिको समुदाय अहिले आन्दोलित भएका छन् ।
उक्त आन्दोलनमा प्रहरीको ज्याजती र दमनका कारण धेरै अभियन्ताहरु घाईते भएको भन्दै नेपाल मगर संघले अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको हो । मगर संघ जिल्ला समन्वय समितिका अध्यक्ष सागर चर्ती मगरद्धारा हस्ताक्षरित विज्ञप्तिमा कानुन व्यवसायी पाण्डेको अभिव्यक्तिले नेपालको बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक सहिष्णुतामाथि खलल पुग्न गएको भन्दै पाण्डेलाई कारबाहीको माग गरिएको छ ।
अधिवक्ता पाण्डेलाई प्रहरीले पक्राउ परेकै दिन यही साउन १७ गते सामान्य सोधपुछ गरी जमानीमा छाडेको भन्दै यस घटनाले जनजाति समुदायप्रति चोट पुगेको उल्लेख गरिएको छ । पाण्डेलाई हदैसम्मको सजायको माग गर्दै, शान्तीपुणर् आन्दोलनमा रहेका अभिन्ताहरुलाई अनावश्यक बल प्रयोग गरी चरम यादाना दिने जिल्ला प्रहरी कार्यालय टेकुका वरिष्ठ उपरिक्षक दानबहादुर कार्की सहित संलग्न प्रहरीलाई कारबाही गर्न माग विज्ञप्ति मार्फत गरिएको छ । साथै प्रहरीको यातनाबाट घाईते भएका अभियन्ताहरुलाई उपचार खर्चको सहित उचित क्षतिपुर्तिको माग समेत गरेको छ । शान्तिपुणर् विरोध कार्यक्रममा जिल्लास्थित मगर समुदायहरु सहभागि भएका थिए । सहभागिहरुले अधिवक्ता पाण्डेको लाईसेन्स खारेज गर, अभियुक्त पाण्डेलाई कारबाही गर, जातिय सदभावमा खलल पुरयाउन पाईदैन्, दोषी प्रहरीलाई कारबाही गरलगायत लेखिएका प्लेकार्ड समेत प्रर्दशन गरेका थिए । शान्तिपुणर् विरोध प्रर्दशन सहित प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरेलाई ज्ञापन पत्र बुझाईएको मगर संघ समन्वय समितिका अध्यक्ष सागर चर्ती मगरले जानकारी दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal