वालिङमा खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता


गोपाल जिटी
वालिङ,२९ असार-वालिङमा खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा भेषजराज साहित्य प्रतिष्ठान र वालिङ बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शुक्रबार खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा. डा..जगनाथ रेग्मीले आदिकवि भानुभक्तको बारेमा हामीले जति वणर्न गरेपनि कमै हुने बताउनुभयो । नेपाली साहित्यमा भानुभक्तको योगदान अतुलनीय रहेको उहाँले औंल्याउनुभयो । भानुभक्तलाई बास्तविकरुपमा सम्झने भनेको यस्तै साहित्यिक कार्यक्रम गरेर हो भन्दै प्रा. डा. रेग्मीले छन्दोवद्ध कविता वाचन प्रतियोगिताको प्रशंसा गर्नुभयो । विद्यार्थीहरुमा पनि यस्ता कार्यक्रमले साहित्यिक सचेतनाको विकास गर्छ र समाज रुपान्तरणमा टेवा पुग्छ । कविता लेखन तथा वाचन कार्यक्रमको आयोजनाले नेपाली साहित्यको प्रवद्र्धन हुने उहाँको भनाई छ ।

प्रतियोगितामा धेरैजसो वालिङ स्थित विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३४ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा फिस्टेल एकेडेमी पोखराकि सदिक्षा रानाभाटले प्रथम स्थान हासिल गरिन् भने गल्याङ ११ कि बसन्ती अधिकारीले द्वितीय भइन् । यसैगरी भीरकोट २ कि समिक्षा राना तृतीय र गल्याङ २ का दिपक तिवारी तथा पाल्पा रामपुरका विनिता पाठकले सान्त्वना स्थान हाँसिल गरे । कार्यक्रममा विभिन्न स्थान हाँसिल गर्नेहरुले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानको काव्य विमर्श एवम् नियमित रचना वाचनको ६२ औं शृङ्खला अन्तरगत कवि तथा साहित्यकारहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजन शैक्षिक पोशाक बगैंचाले र द्वितीय पुरस्कारको प्रायोजन श्री पूणर्ामृत भवानी माविले गरेको थियो । यसैगरी तृतीय पुरस्कारको प्रायोजन पीसजोन इन्टिग्रेटेड एजुकेशन एकेडेमीले र सान्त्वना सिद्धार्थ डेण्टल क्लिनिक वालिङले गरेका थिए ।

ताजा

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र  ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’

२०८३ आश्विन १२ गते, सोमबार

भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

२०८३ आश्विन ८ गते, बिहीबार

विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग

२०८३ आश्विन ७ गते, बुधबार

अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना

२०८३ आश्विन ७ गते, बुधबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal