रोपाईँमा सहभागी हुदै पिसजोनका विद्यार्थी
वालिङ,१६असार- वालिङ नगरपालिका ९ भुम्रेमा रहेको पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीका विद्यार्थीहरुले असार १५ लाई रोपाई उत्सवका रुपमा मनाएकाछन् ।
असार १५ लाई कृषि क्षेत्रमा विशेष दिनका रुपमा मनाउने गरिन्छ । यस दिनलाई राष्ट्रि धान दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

पिसजोन इन्टिग्रेटेड एजुकेसनल एकेडेमीका विद्यार्थीहरुले विद्यालय नजिकै रहेको खेतमा खनजोतका साथै धान रोपेर यो दिवस मनाएका हुन् । विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्रै नभएर ब्यवहारिक ज्ञान समेत दिनुपर्छ भन्ने उद्देश्यले रोपाईँ कार्यक्रममा सहभागी गराएको विद्यालयका प्रिन्सिपल यामप्रसाद डुम्रेले (अमृत) जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई सानै उमेर र विद्यालय जीवनदेखि नै काम गर्ने बानीको विकास गराउदै कामको सम्मान गर्न प्रेरित गराउन धान रोपाईँ कार्यक्रममा सहभागी गराएको डुम्रेको भनाइ छ । विद्यालयका कक्षा ८ देखि १० कक्षा सम्मका विद्यार्थीहरु रोपाईँ कार्यक्रममा सहभागी भएका थिए ।

ताजा
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
“अन्तरिक्षको आँगन”काे गृह विमोचन
२०८३ आश्विन १७ गते, शनिबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार





















