साहसिक पर्यटनले फेरिँदै कुस्मा
गणेश पौडेल
पर्वत,१५असार- पछिल्लो समय पर्वतको सदरमुकाम कुस्मा बजार साहसिक पर्यटनको गन्तव्य बनेसँगै आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्न थालेको छ। पर्यटकको आवागमन बढेपछि होटल व्यवसायमा लगानीसमेत बढ्न थालेको छ।
कुस्मा बजारको परिचयका रूपमा रहेको बन्जी जम्प, जिप लाइन, स्विङलगायतका साहसिक खेल खेल्न तथा हेर्न आउने पर्यटक बढेका छन्। पर्यटक बढेसँगै यो ठाउँ होटलमा लगानी गर्ने व्यवसायीको समेत आकर्षणको केन्द्र बन्न थालेको छ।
कुस्मामा अहिले ठुलो लगानीका होटलहरू सञ्चालनमा आउन थालेका छन्। आन्तरिक तथा बाह्य पर्यटकलाई कुस्मामै बस्ने वातावरण बनाउनुपर्ने माग बमोजिमका होटल सञ्चालन गर्नुपर्ने व्यवसायी सुवास पौडेल बताउनुहुन्छ। उहाँले करिब पाँच करोडभन्दा बढी लगानीमा कुश्माको शिवालय चोकमा ‘स्वर्ग होटल’ सञ्चालनमा ल्याउनुभएको छ। उहाँले भन्नुभयो, “कुस्मामा होटल अभावमा पोखरा, बागलुङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी नयाँपन दिएर होटल सञ्चालन गरेको हुँ। अझै लगानी बढाउने र सुविधासम्पन्न होटल बनाउने तयारीमा छु।”
पर्वतमा विगत तीन दशकदेखि होटल व्यवसाय सञ्चालन गर्दै आएका कृष्णप्रसाद श्रेष्ठ पनि करिब १० करोड रुपियाँ लगानीमा ‘होटल वन्दना’ सञ्चालन गरेको र त्यसले पर्वतमा आउने पर्यटकलाई सेवासुविधा पुगेको बताउनुहुन्छ। यसका साथै कुस्मा बजारमै करिब १० करोड लगानीमा ‘होटल बेन्जु’ पनि केही वर्षदेखि सञ्चालनमा छ भने ‘होटल माउन्ट भ्यु’, ‘होटल ओरियन्ट’ लगायतले पोखराका तारे होटल बराबरको सेवा दिने दाबी गरेका छन्।
पर्वत हुँदै मुस्ताङ जाने पर्यटकको आकर्षक गन्तव्य पनि कुस्मा बजार हो। पोखरादेखि दुई घण्टाको दुरीमा रहेको कुस्मामा आउने पर्यटकलाई आकर्षक सेवा दिन सके पोखरा पुग्नैपर्ने बाध्यता अन्त्य हुने र व्यवसाय पनि राम्रो हुने ‘बेन्जु होटल’ का सञ्चालक विषमकुमार श्रेष्ठको दाबी छ। उहाँले भन्नुभयो, “हामीले पोखरा बराबरको सेवा पर्वतमै दिन सक्यौँ भने पोखराबाट पर्यटक यहीँ बस्न आउँछन्। अब कुस्मा नजिकका पर्यटकीय गन्तव्यलाई पनि सहज बनाउन सकेमा पर्यटकको बसाईं लम्ब्याउन सकिन्छ।”
अहिले कुस्मा बजारमा बन्जिसँगै गरेको दी क्लिप रिसोर्टसहित साना ठुला गरी करिब एक दर्जन होटल सञ्चालनमा छन्। आर्थिक हिसाबले पर्वत ‘राइजिङ सेन्टर’ को रूपमा विकसित हुँदै गएको भए पनि विश्वव्यापी मन्दिको मारमा व्यवसायी परेकाले सोचे अनुरूपको लगानी गर्ने वातावरण नबनेको पर्वत उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर बी पौडेलले बताउनुभयो। उहाँका अनुसार कुस्मामा अझै लगानीको सम्भावना रहेकाले सरकारले समेत सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।गोप
ताजा
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार





















