प्रचारप्रसारको अभावमा ओझेलमा पर्यटकीय स्थल सुनपोखरी
वालिङ,२१ फागुन- गल्याङ नगरपालिका ७ मा रहेको पर्यटकीय स्थल सुनपोखरी डाँडा प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।
झट्ट हेर्दा पाल्पाको श्रीनगरको डाँडा जस्तै देखिने सुनपोखरीको आफ्नै ऐतिहासिक महत्व रहेको छ । त्यहाँबाट देखिने धौलागिरी, माछापुच्छे्र्र र अन्नपुणर्का हिमसृंखलाहरुले सबैको मन लोभ्याउँछ । लहरै परेका सल्लाका रुखहरु र रुखको फेँदमा बनाईएका बस्ने ठाउँ, संरक्षण गरेर राखिएको पुरानो चौतारी, मन्दिर, पोखरी, भ्युटावर तथा ओढारमा रहेको गणेश आकृतिको चट्टान त्यहाँको आर्कषण हो । त्यहाँबाट कालीगण्डकी किनारका साथै जिल्लाका विभिन्न भगहरु संगै छिमेकी जिल्ला पाल्पाका भेगहरु र पर्वत जिल्लाको समेत अवलोकन गर्न सकिन्छ । त्यहाँ पुगेर यी दृष्यहरु नियाल्दा जो कोहीको पनि मन लोभ्याउँछ ।

कुनै बेला नाङ्गो डाँडा एक चरन क्षेत्रको रुपमा रहेको त्यही सुनपोखरी डाँडा अहिले हरियाली र मनामोहक बनेको छ । सुनपोखरी डाँडा संरक्षण संयोजक दानबहादुर थापाका अनुसार २०४५ साल अगाडी त्यो ठाउँ गौचरन थियो । त्यसपछि २०५० सालसम्म बृक्षारोपण गरेर हरियाली बनाईएको डाँडा विस्तारै पिकनिक स्थलका रुपमा परिणत भयो ।

त्यहाँ बनेका भौतिक संरचनाहरु मध्ये केही स्थानीय बासिन्दाले श्रमदान गरेर निर्माण गरे भने केहीे तत्कालिन वन तथा भुसंरक्षण कार्यालयको सहयोगमा निर्माण गरिएको थियो । देश संघिय संचारना गएपछि गण्डकी प्रदेशका निर्वतमान सांसद मोहन रेग्मीको पहलमा १० लाख बजेट विनियोजन भएपछि उक्त डाँडामा व्यवस्थित पोखरी, पक्कि बाटो, सल्लाको फेँदमा प्लाष्टर गरि बनाईएको बस्ने ठाउँ लगायतका संचरनाहरु निर्माण गरिएको ।

पर्यटकीय क्षेत्रको लागि संभावना बोकेको सुनपोखरीको प्रचारप्रसार हुँन नसक्दा ओझेलमा परेको स्थानीय युवा उमेश दर्लामीले बताउनुभयो । पछिल्लो समय गाउँका युवाहरु विदेश पलायन हुने तथा सुखभोगका लागि बजारतिर स्थानान्तरण हुँदा गाउँका पर्यटकीय ठाउँहरुलाई प्रचारमा ल्याउन नसकिएको दर्लामी बताउनुहुन्छ । उक्त डाँडामा रहेको मन्दिर तथा गाउँमा रहेका अन्य मन्दिरहरु गरी ७ वटा मन्दिरमा चण्डी पूणर्िमाका दिन एकैपटक पुजा गरिने र यसको छुट्टै ऐतिहासिक महत्व रहेको दर्लामीको भनाई छ ।

स्थानीय मुखिया प्रेमनारायण थापाका छोरीहरु तथा परिवारले मनरुपा थापाको स्मृितमा निर्मित भ्यु टावरले उक्त ठाउँलाई आर्कषित बनाएको छ । हरियाली उद्यानको रुपमा विकास गर्न खोजिएपनि सफल नभएको संरक्षक थापा बताउनुहुन्छ । स्थानीय बृद्धबृद्धाहरुका अनुसार पहिले त्यहाँ सुँगुर तथा बँदेलहरु पाईन्थे र उक्त सुंगुर तथा बंदेलहरुले उधुनेर खाल्टो बनेको ठाउँमा पानी जम्मा भई पोखरीमा परिणत भएको र सोही पोखरीलाई सुनपोखरी नामाकरण गरियो ।

सुनपोखरी डाँडामा विभिन्न आमा समुह, क्लबहरु, विद्यालय बनभोज खानको लागि जाने गरे पनि उचित व्यवस्थापन भने हुन सकेको छैन् । बनभोजका लागि जानेहरुलाई पिउने पानी, दाउरा, भाडाकुडा, विजुलीको व्यवस्थापन गरिएपनि दिगो व्यवस्थापन हुन सकेको छैन् । छेउमै रहेको ओढारमा गणेश आकृत्तिको चट्टानमा स्थानीयले पुजा अर्चना समेत गरे तर ओढार सम्म जाने बाटोको उचित व्यवस्थापन हुन नसकेको संयोजक थापा बताउनुहुन्छ ।

मगर बाहुल्यता रहेको उक्त ठाउँमा मगर संस्कृतिको समेत जर्गेना गर्दैै उद्यानको रुपमा विकास गर्न बजेट अभाव भएको उहाँको भनाई छ । सुनपोखरीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिए स्थानीयको आयआर्जनमा समेत बृद्धि हुने स्थानीय बासिन्दा बताउँछन ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















