एमालेको ‘मिसन ग्रासरुट’ अभियान, पालिकाहरुमा बैठक एवं भेला


वालिङ,२० फागुन– नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीको निर्णय अनुसार देशैभर सुरु गरिएको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानलाई स्याङ्जामा तीव्र पारिएको छ ।

जिल्लाको कालीगण्डकी गाउँपालिका,गल्याङ नगरपालिका,अर्जुनचौपारी गाउँपालिका,पुुतलीबजार नगरपालिका लगायतका पालिकाहरुमा ‘मिसन ग्रासरुट’ अभियान अन्तरगत विभिन्न कार्यक्रमहरु सम्पन्न गरिएको छ । अभियानका क्रममा नेकपा एमाले केन्द्रीय कमिटी सचिव पद्मा कुमारी अर्यालले एमाले जनताको विचमा आएको र यो अभियानले पार्टीलाई चलायमान बनाउनुका साथै जनतासंगको सम्बन्धलाई थप मज्बुद बनाउने बताउनुभयो ।

सचिव अर्यालले कार्यक्रताहरुलाई पार्टीको यो अभियानलाई व्यापक बनाउन आआफ्नो क्षेत्रबाट खट्न समेत आग्रह गर्नुभयो ।
एमालेका विरुध देशी विदेशी शक्तिहरु लागि परेको र यो घेराबन्दीलाई एमालेले प्रास्त गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एमालेका विरुध गरिएको अपवित्र गठबन्धन देश र जनताको हितमा छैन । यसले देशलाई उधोगतितर्फ धकेलेकोछ ।” अहिलेको निर्वाचनको परिणामले देशमा स्थायीत्वको समाधान दिन नसकेको बताउदै मुलुकको राजनीतिमा विदेशी शक्तिको चलखेल छरपष्टरुपमा देखिएको सचिव अर्यालको भनाइ थियो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal