दुर्घटना न्युनिकरणका लागि प्रेस चौतारीको आयोजनामा सोलो मोटरसाईकल रेस
वालिङ,२२ माघ- दुर्घटना न्युनिकरणका लागि वालिङमा सोलो मोटरसाईकल रेस गरिएको छ । पे्रस चौतारी नेपालको २५औँ स्थापना दिवसका अवसरमा प्रेस चौतारी नेपाल स्याङ्जा साखाले सोलो मोटरसाईकल रेसको आयोजना गरेको हो ।
पछिल्लो समय दु्रत गतिका कारण धेरै दुर्घटनाहरु निम्तने गरेको भन्दै प्रेस चौतारीले सचेतनामुलक सोलो मोटरसाईकल रेसको आयोजना गरेको हो ।

कार्यक्रममा पूर्व मन्त्री तथा एमाले सचिव पद्माकुमारी अर्यालले प्रेस चौतारीले दुर्घटना न्युनिकरणका लागि सन्देस दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रम निकै पं्रसशनीय रहेको बताउनुभयो । पछिल्लो समय हुने दैनिक दुर्घटनाको न्युनिकरणका लागि आम जनतामा एउटा सन्देश दिन सफल भएको बताउदै सवारिसादन चलाउदा सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
एमाले नेतृ अर्यालले पत्रकारिता माथिको आम नागरिकको विश्वास जिवित राख्नका लागि पत्रकारिता जगतलाई सिर्जनशीलताका साथ अगाडि बढाउन आवश्यक रहेको समेत बताउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारी, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य हिमलाल पराजुली, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य शोभकान्त पौडेल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष श्रीकृष्ण सिग्देललगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

स्थापना दिवस रचनात्मक रुपमा मनाउने हेतुले सोलो मोटरसाईकल रेस मार्फत सर्वसाधारणलाई सचेतना जगाउने प्रयास गरिएको प्रेस चौतारी स्याङ्जाका अध्यक्ष शुसिल सुवेदीले बताउनुभयो । प्रतियोगितामा ४४ प्रतियोगिहरु सहभागि भएका थिए । २०० मिटरको दुरीमा गरिएको प्रतियोगितामा प्रथम आकाश परियार, द्वितीय अंकित श्रेष्ठ र तृतय समिर श्रेष्ठ हुनुभएको छ ।

प्रतियोगितामा प्रथमले नगद ३ हजार बुलुटुथ सहितको यमाहको हेलमेट, टिसट र प्रमाणपत्र, द्वितीयले २ हजार नगद, टिसट र प्रमाणपत्र तथा तृतीयले १ हजार नगद, टिसट र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रतियोगितामा वडा प्रहरी कार्यालय वालिङ, ट्राफिक प्रहरी कार्यालय वालिङ, शसस्त्र गुल्मलको प्राविधिक सहयोग र प्रेस चौतारी नेपाल स्याङ्जा शाखाको व्यवस्थापनमा सम्पन्न भएको थियो ।
ताजा
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
जन्मदिनमा छाेरालाई बुबाकाे भावूक पत्र ‘तिम्रो ज्ञानले कसैलाई उज्यालो देओस्’
२०८३ आश्विन १२ गते, सोमबार
भीरकोटमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते
२०८३ आश्विन ८ गते, बिहीबार
विद्यालयमा लायन्स क्लबको स्टेशनरी सहयोग
२०८३ आश्विन ७ गते, बुधबार
अवैध बालुवा ओसारपसार गर्ने दुई ट्याक्टरलाई जरिवाना
२०८३ आश्विन ७ गते, बुधबार
बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग
२०८३ आश्विन ५ गते, सोमबार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार





















