स्याङ्जा २ प्रतिनिधि सभामा धनराज गुरुङ र प्रदेश सभामा महेश भट्टराई निर्वाचित

वालिङ,१७ मङ्सिर- स्याङ्जा निर्वाचन क्षेत्र नमवर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ।
गुरुङले नेकपा एमाले सचिव पद्मा अर्याललाई ५ हजार ६ सय २७ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे। गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्नु भएकाे छ भने अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गर्नुभएकाे छ।

यसै गरि प्रदेश सभा २ मा नेपाली कांग्रेसका महेश भट्टराई निर्वाचित हुनुभएकाे छ। नेकपा एमालेका डा. बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पछि पार्दै भट्टराई प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे। भट्टराईले १८ हजार ७ सय ८८ मत प्राप्त गर्नुभएकाे छ भने श्रेष्ठले १७ हजार २ मत प्राप्त गर्नुभएकाे छ। निर्वाचन क्षेत्र नम्बर २ मा ७० हजार १ सय ९१ मत खसेकाे थियाे। मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपनि चापाकाेट नगरपालिकामा नेपाली कांग्रेसले बुथ कब्जा गरि अनधिकृत रुपमा मतदान गरेकाे भन्दै गठबन्धन बाहेकका दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु र स्वतन्त्र उम्मेदवारले निर्वाचन आयाेगमा उजुरी दिएपछि मतगणना हुन सकेकाे थिएन। निर्वाचन आयाेगले मतगणना गर्ने निर्णय गरेपछि मात्र मतगणना सुरु भएकाे थियाे।

ताजा

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal