धनराजलाई बधाई दिदै पद्माले भन्नुभयो,“आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरति नहोस्”

वालिङ,१८ मङ्सिर– नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई बधाई दिनुभएको छ ।
सामाजीक सञ्जाल फेसबुकमार्फत बधाई दिदै अर्यालले उपसभापति गुरुङले स्वस्थ प्रतस्पिर्धामा वश्विास गर्न नसकेको बताउदै बुथ कब्जा गरिएको ठाउँमा पुन मतदानको माग गर्दा त्यसलाई स्विाकार गर्न नसकेको र आफू जनताको मतबाट पराजीत हुन तयार भएपनि राज्यबाट सुनुवाई नभएको अर्यालको गुनासो रहेको छ ।

अर्यालले लेख्नुभभएको छ, ‘म र म आवद्ध पार्टी नेकपा ९एमाले० को तर्फबाट एउटा प्रश्न गरएिको थियो । स्याङ्जा २ मा जनताले मतदान गर्ने सन्दर्भमा केही बुथ कब्जा भए, पुनः मतदान गरौं । साक्षीका रुपमा कयौं प्रमाण थएि, भडियिो सार्वजनकि भएकै थियो, मृतक र विदेशमा रहनेका नाममा समेत मतदान गरएिको थियो ।

हामीले भनेको एउटै कुरा थियो जनताको मतबाट हामी पराजीत हुन तयार छौं , त्यसलाई हामी सहज रुपमा स्वीकार गर्दछौं तर कब्जा गरी खसालीएको मतलाई हामी स्वीकार गर्दैनौं । किनकी लोकतन्त्र र कब्जा आपसमा मेल नखाने विषय हुन । हाम्रो जायज माग तपाईंले सुन्नु भएन र राज्यबाट समेत पनि सुनुवाइ भएन ।’

उहाँले आगामी दिनमा लोकतन्त्रको मूल्य मान्यता अपहरति नहोस् भन्दै गुरुङलाई शुभकामना दिनुभएको छ । युवाहरुको जोश जाँगरलाई स्वार्थ अनुकूल दुरुप्रयोग गरी प्रतस्पिर्धी माथी हमला गर्न लगाउँदै, आतंक सृजना गरी बुथ कब्जा गर्ने जस्तो दुश्कर्ममा नलगाउन आग्रह गर्नुभएको छ ।

गुरुङलाई शालिन र लोकतन्त्रमाथी विश्वास गर्ने नेताको रुपमा बुझेको निर्वाचनका दिन चापकोटका केही बुथमा भएका नर्मिम दृश्यले बुझाइ झुठो प्रमाणीत गरदिएिको समेत बताउनुभएको छ ।

खैर अब तपाईंसँग धेरै गुनासो गर्नु पनि छैन । सबैकुरा भुलेर जनताको सेवा गर्न, स्याङ्जाको वकिास निर्माणमा सहकार्य गरी अगाडी बढ्न प्रतबिद्ध छु । हामीले अगाडी बढाएका कयौं योजनाहरु छन, तिनलाई पूर्णता दिन मिलेर अगाडी बढौं, नयाँ थप योजनाहरु आवस्यक छन त्यसका लागि हरदम साथ दनि तयार छु ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal