एमाले उम्मेदवार रेग्मीद्वारा मतदातालाई धन्यवाद

वालिङ,१६ मङ्सिर– स्याङ्जा क्षेत्र नम्वर २ प्रदेश सभा १ बाट नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका मोहन रेग्मीले शुभचिन्तक तथा मतदाताहरुमा हार्दिक आभार एवं धन्यवाद ब्यक्त गर्नुभएको छ ।

यही मङ्सिसर ४ गते भएको निर्वाचनको मतगणनामा कांग्रेसका भोजराज अर्यालसँग पराजित भएपछि रेग्मीले सामाजिक सञ्जाल मार्फत शुभचिन्तक तथा मतदाताहरुमा हार्दिक आभार एवं धन्यवाद ब्यक्त गर्नुभएको हो ।

रेग्मीले भन्नुभएको छ,“यहाँहरुको माया,ममता,स्नेहले गत निर्वाचनमा मलाई अमूल्य मत दिएर विजयी गराए पश्चात् मैले यहाँहरुको भावनाको कदर गर्दै गण्डकी प्रदेशको विकास र समृद्धिका लागि ईमान्दार, निष्ठापूर्वक स्वच्छ छवि कायम राख्दै काम गर्ने पर्यत्न गरे तर पनि कहिँ कतै भुलवस केही कमिकमजोरी भएको भएको भए क्षमा चाहन्छु ।”

रेग्मीले जनभावना अनुरुप यस क्षेत्रमा आम निर्वाचन २०७९ को लागि गण्डकी प्रदेश सभा सदस्यमा पुनः उम्मेदवार बन्ने अवसर मिलेको उल्लेख गर्दै निर्वाचनमा पुनः उम्मेदवार बन्ने अवसर दिनु हुने नेकपा एमालेका नेता–कार्यकर्ता एवं निर्वाचनमा अहोरात्र खटीई विभिन्न माध्यमबाट सहयोग गर्नु हुने शुभचिन्तक तथा मतदाताहरुमा हार्दिक आभार एवं धन्यवाद ब्यक्त गर्नुभएको छ ।
नेकपा एमाले गण्डकी प्रदेश कमिटीका उपाध्यक्षसमेत रहनु भएका रेग्मीले आँफूलाई अपार माया हुदा हुँदै पनि केही प्राविधिक कारणले यस निर्वाचनमा पराजय भोग्नु प¥यो, निर्वाचनको परिणाम र जनमतलाई सहर्ष स्वीकार गर्दै मलाई मतदान गर्नु हुने सम्पूर्ण मतदाताहरु प्रति आभार व्यक्त गर्दछु रेग्मीले लेख्नुभएको छ ।

साथै उहाँले राजनीतिमा थकाई भन्ने शब्दावली हुदैन भन्न्ने आदर्श वाक्यलाई आत्मसाथ गर्दै निरन्तर पार्टी र सामाजिक क्षेत्रमा क्रियाशिल हुने र आम मतदाताको सुख–दुखको साथी बनेर निरन्तर क्रियाशिल रहिरहने प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal