पाल्पामा एमाले उम्मेदवार विजयी
रामपुर,१० मङ्सिर– पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मङसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा नेकपा एमालेले जित हात पारेको हो । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५ मत प्राप्त गर्नुभएको छ ।
आचार्यले गाहालाई ११ हजार ७८ मतान्तरले जित हासिल गर्नु भएको हो । त्यस्तै सुइ चिन्हका स्वतन्त्र उम्मेदवार बिपिन कंडेलले २ हजार ८ सय ६३ मत पाउनु भएको छ ।
क्षेत्र नम्बर १ प्रदेशसभा सदस्यमा राजु प्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । त्यस्तै क्षेत्र नम्बर १ (२) मा खेमबहादुर सारु विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी शंकर खनाललाई ४ हजार ७ सय ९१ मतले पछि पार्दै जित हासिल गर्नुभएको छ । खेमबहादु सारुले १४ हजार २ सय ९६ तथा रुख चिन्हका उम्मेदवार शंखर खनालले ९ हजार ५ सय ५ मत प्राप्त गर्नुभएको छ । यसै गरी पाल्पा दुईबाट एमाले नेता ठाकुर गैरे विजयी हुनुभएको छ ।
ताजा
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार





















