जनताको कामलाई सहज बनाउन नेपाल कम्युनिष्ट स्याङ्जाको पार्टीको माग

वालिङ,१० मङ्सिर– जनताको कामलाई सहज बनाउन नेपाल कम्युनिष्ट पार्टीले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले जनताले यो व्यवस्थाको सट्टामा नयाँ व्यवस्था अर्थात वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने सावित भएको दावी गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अहिलेको व्यवस्थाको सट्टामा नयाँ व्यवस्था अर्थात वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने सावित भएको दावी गरेको छ ।

राज्यको करोडौं पैसा उडाएर प्रचार गरे पनि चुनाव प्रति जनताको कुनै आकर्षण सक्रीयता र सहभागिता नदेखिएको स्याङ्जा जिल्ला सेक्रेटरी दुर्गा थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

क्षेत्र नम्वर २ अन्तरगत चापाकोटका ४ वटा बुथ नेपाली कांग्रेसद्वारा कब्जा गरि एकलौटी मतदान गराइएको भनी गठबन्धन इतरका एमाले सहितका दलका उम्मेदवारहरुले निर्वाचन आयोगको कार्यालयमा उजुरी गरेपछि मतगणना हुन नसकेको हो ।

निर्वाचन कार्यालय रहेको वालिङ नगरपालिकाको गेटमा केही दिनदेखि निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस र एमाले लगायतका दलहरुले दुईतर्फी धर्नामा बसेर नगरपालिकालाई बन्धक बनाएर जनताको अत्यावस्यक काममा अहसहज पैदा गराएकोले हाम्रो पार्टी यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।“ विज्ञप्तीमा भनिएको छ ।

छिटो भन्दा छिटो नगरपालिकालाई बन्धक र आन्दोलन रहित गराई जनताप्रति उत्तरदायी र जनताको काममा सहजता पैदा गरियोस्, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यही मंसिर ४ गते भएको निर्वाचनको देशभरका विभिन्न जिल्लामा मतगणनागरी परिणाम घोषणा भैरहेको छ । तर स्याङ्जा क्षेत्र नम्वर २ मा मतगणना हुन सकेको छैन ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal