जनताको कामलाई सहज बनाउन नेपाल कम्युनिष्ट स्याङ्जाको पार्टीको माग

वालिङ,१० मङ्सिर– जनताको कामलाई सहज बनाउन नेपाल कम्युनिष्ट पार्टीले माग गरेको छ । नेपाल कम्युनिष्ट पार्टी स्याङ्जाले जनताले यो व्यवस्थाको सट्टामा नयाँ व्यवस्था अर्थात वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने सावित भएको दावी गरेको छ । शुक्रबार एक विज्ञप्ती जारी गर्दै अहिलेको व्यवस्थाको सट्टामा नयाँ व्यवस्था अर्थात वैज्ञानिक समाजवाद चाहन्छन् भन्ने सावित भएको दावी गरेको छ ।

राज्यको करोडौं पैसा उडाएर प्रचार गरे पनि चुनाव प्रति जनताको कुनै आकर्षण सक्रीयता र सहभागिता नदेखिएको स्याङ्जा जिल्ला सेक्रेटरी दुर्गा थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

क्षेत्र नम्वर २ अन्तरगत चापाकोटका ४ वटा बुथ नेपाली कांग्रेसद्वारा कब्जा गरि एकलौटी मतदान गराइएको भनी गठबन्धन इतरका एमाले सहितका दलका उम्मेदवारहरुले निर्वाचन आयोगको कार्यालयमा उजुरी गरेपछि मतगणना हुन नसकेको हो ।

निर्वाचन कार्यालय रहेको वालिङ नगरपालिकाको गेटमा केही दिनदेखि निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस र एमाले लगायतका दलहरुले दुईतर्फी धर्नामा बसेर नगरपालिकालाई बन्धक बनाएर जनताको अत्यावस्यक काममा अहसहज पैदा गराएकोले हाम्रो पार्टी यो विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।“ विज्ञप्तीमा भनिएको छ ।

छिटो भन्दा छिटो नगरपालिकालाई बन्धक र आन्दोलन रहित गराई जनताप्रति उत्तरदायी र जनताको काममा सहजता पैदा गरियोस्, विज्ञप्तीमा उल्लेख गरिएको छ ।
यही मंसिर ४ गते भएको निर्वाचनको देशभरका विभिन्न जिल्लामा मतगणनागरी परिणाम घोषणा भैरहेको छ । तर स्याङ्जा क्षेत्र नम्वर २ मा मतगणना हुन सकेको छैन ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal