रुपन्देही २ मा एमाले नेता पौडेल विजयी

रुपन्देही,१० मङ्सिर– रुपन्देही–२ को प्रतिनिधि सभातर्फ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी हुनुभएको छ । एमाले उपाध्यक्ष पौडेलले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई १३ सय ६६ मतले पराजित गर्नुभएको हो । 

अन्तिम मत परिणामअनुसार एमाले उम्मेदवार पौडेलले २७ हजार एक सय ४८ मत प्राप्त गर्नुभएको छ । स्वतन्त्र पार्टीका उम्मेदवार पौडलले २५ हजार सात  सय ८२ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।

सत्ता गठबन्धन दलको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशव सूर्यवंशीले २२ हजार १० मत प्राप्त गर्नुभयो । एक लाख २६ हजार आठ सय सात मतदाता रहेको यस क्षेत्रमा ८० हजार छ सय ५१ मत खसेको थियो । बदर मत ३१ सय ९३ रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

यसै गरी रुपन्देहीको १ मा नेकपा (एमाले)का छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसालभन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।

निर्वाचन अधिकृत श्याम श्रेष्ठका अनुसार छविलालले २४ हजार ८७२ मत ल्याउनुभएको छ । भुसालले २१ हजार ३०८ मत ल्याउनुभएको छ।

ताजा

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा

२०८१ बैशाख ५ गते, बुधबार

बाह्रबिसे मेला लाग्ने

२०८१ बैशाख ४ गते, मंगलवार

बस बाट खसेर विद्यार्थीकाे मृत्यु

२०८१ बैशाख ३ गते, सोमबार

यश पालि लाग्लाकी के गर्ला बाह्रबिसे मेला

२०८१ बैशाख ३ गते, सोमबार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal