चापाकोटको चिठ्ठी पोखरी मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै पुन मतदान गराउन माग


वालिङ,४ मङ्सिर– चापाकोट नगरपालिका वडा नम्बर ५ मा रहेको जनसक्रिय आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार ढाल प्रसाद पाण्डे र नेकपा एमाले क्षेत्र न २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार पद्मा अर्यालका मतदान प्रतिनिधिले निर्वाचन अधिकृतलाई सम्बोधन गर्दै निवेदन दिएकाछन् ।
नेपाली कांग्रेसका कार्यक्रताले बुथ कब्जा गरेर एकलौटी रुपमा मतदान गरेको र निर्वाचन अधिकृतलाई मर्यादित रुपमा मतदान प्रकृया अगाडी बढाउन अनुरोध गर्दा आफुहरुलाई मतदान केन्द्रबाट बाहिर निकालिएको स्वत्रन्त्र उम्मेदवारका प्रतिनिधि सन्देश डोटेल र एमाले उम्मेदवारका तर्फबाट प्रतिनिधि रहनुभएका उजिन्द्र मल्लद्वारा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

मतदान अधिकृतलाई निवेदन बुजाउदा निवेदन बुजन अस्विकार गरेको समेत प्रतिनिधिहरुले दिएको निवेदनमा उल्लेख गरिएको छ । त्य मतदान केन्द्रमा मतदान अधिकृत नारायण बन्दु अर्यालले निवेदन लिन अस्विकार गरेको प्रतिनिधिहरु द्वारा दिएको निवेदनमा उल्लेख गरिएको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालय स्याङ्जा, निर्वाचन अयोग काठमाडौं मतदान अधिकृत जनशक्ति आधारभूत विद्यालय चिठ्ठी पोखरी मतदान केन्द्रलाई बोधार्थ राखेर निवेदन दिइएको छ ।

यसै गरी चापाकोटको दारसिङमा रहेको मतदान केन्द्रमा पुग्नुभएकी उम्मेदवार पद्मा अर्याललाई सुरक्षाको कारण देखाउदै बाहिर निकालिएको छ । निवार्चन क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माले कार्यालयमा निवेदन परेको र यस विषयमा जाचबुझ हुने बताउनुभयो ।

यसै गरी गल्याङ नगरपालिका ७ स्थित महेन्द्र दर्शन माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा एक राउण्ड हवाई फायर भएको छ । मतदानका विषयमा बिवाद भएर होहल्ला हुदा स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर भएको प्रहरीले जनाएको छ । केही समय मतदान प्रक्रिया रोकिएपनि बिवाद समाधान गरेर मतदान सुचारु भएको प्रहरीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal