समाज परिवर्तनका लागि मेरो उम्मेद्वारी ः डा. बुद्धिमान श्रेष्ठ

वालिङ,१ मङ्सिर– नेकपा एमालेका नेता एवं निर्वाचन क्षेत्र नम्बर २ ख प्रदेश सभा सदस्यका उम्मेदवार डा बुद्धिमान श्रेष्ठले समाज परिवर्तन र रुपान्तरणका लागि आफ्नो उम्मेद्वारी रहेको बताउनुभएको छ ।

क्षेत्र नम्बर २ प्रदेश सभा ख का मतदाताहरु संगको भेटघाटमा डा. श्रेष्ठले सो कुरा बताउनुभएको हो । पेशाले दन्त चिकित्सक समेत रहनुभएका एमाले नेता श्रेष्ठले आफु संग भएको खुवी र क्षमतालाई समाज परिवर्तको लागि योगदान पुर्याउने उद्देश्यले प्रदेश सभा सदस्यको रुपमा निर्वाचनमा उम्मेद्वार बनेकोले सम्पूर्ण मतदाताहरुलाई नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।

बिभिन्न माध्यमबाट सामाजिक क्षेत्रमा सक्रिय रहदै आउनभएका डा. श्रेष्ठले विकास र समृद्धिको लागि नीति निर्माणको तहमा पुग्नुपर्ने देखिएकोले आफु समाज र यस क्षेत्रले जितेको महसुस गर्न सक्ने बनाउनको लागि उम्मेद्वारी दिएर जनताको माझ्मा आएको बताउनुभयो ।

यस क्षेत्रको कृषि, पर्यटन, सडक, खानेपानीका साथै शिक्षा स्वास्थ्य र अन्य विकास निर्माणका कामहरुलाई जनचाहना अनुसार पुरा गर्नको लागि प्रतिबद्ध रहेको बताउदै यही मसिङ्र ४ गते हुने निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर आफुलाई विजयी गराउन आम मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरु संगको भेटघाटमा उम्मेद्वार श्रेष्लेठले देश विकासको योजना र खाका एमाले संग मात्रै भएकोले यहि मङ्सिर ४ गते हुन गहिरहेको निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गरेर नेकपा एमालेलाई विजयी गराउन आग्रह गर्नुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal